china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सी.आर.आई.ले आयोजना गदै आएका प्रतियोगिताहरु बारे ।
    (GMT+08:00) 2009-04-23 19:39:26    

    श्री आदरणीय प्रमुख ज्यु

    नेपाली विभाग

    चिनियाँ अन्तर्राष्ट्रिय रेडियो

    पैचिङ, जन गणतन्त्र चीन ।

               विषाय : सी.आर.आई.ले आयोजना गदै आएका प्रतियोगिताहरु बारे ।

                महाशय, विश्वको एक मात्र विशाल एवं लोकपि्रय रेडियो चिनियाँ अन्तर्राष्टि्रय रेडियोले अन्य रेडियोको तुलनामा धेरै भन्दा धेरै ज्ञान विज्ञान प्रतियोगिताको आयोजना गर्दै विविध प्रकारका पुरस्कार एवं उपहारहरुले श्रोताहरुलाई लाभान्दित तुल्याउँदै आएको छ । बिगतका दिनहरु कोट्याउँदा एकै वर्षमा पनि 3/4 वटा ज्ञान विज्ञान प्रतियोगिताहरु आयोजना गरेर श्रोताहरुलाई प्रथम, दोश्रो र तेश्रो पुरस्कारले विभुषित गर्नुका साथै विषेश पुरस्कार प्रदान गरी विश्वभरका श्रोताहरुलाई आफ्नो मुलुक चीनको भ्रमण गर्ने सौभाग्य प्रदान गरेको छ ।

                 हालै मात्र पनि पैचिङ ओलम्पिक खेल 2008 को नतिजा घोषणा गर्दै 20 जनालाई प्रथम पुरस्कार, 40 जनालाई दोश्रो पुरस्कार तथा 60 जनालाई तेश्रो पुरस्कार प्रदान गरिरहेको छ । यो प्रतियोगिताको आयोजना अक्टुवर 1 तारीख 2007 देखि मई 1, 2008 सम्म संचालन भएको थियो । त्यस्तै, मई 1, 2008 देखि अक्टुवर मसान्तसम्म "चीनको क्वांग सी चुआंग जातीय स्वायत्त प्रदेश" भन्ने ज्ञान विज्ञान प्रतियोगिताको आयोजना गरेको थियो,। यस प्रतियोगिताको नतिजा प्रकाशन गर्ने तरखर गर्दागर्दै विषेश पुरस्कार प्राप्त गर्न सफल विभिन्न 10 मुलुकका 10 श्रोताहरुलाई विषेश पुरस्कार स्वरुप चीनको पैचिङ तथा क्वांग सी चुआंग जातीय स्वायत्त प्रदेशको भ्रमण गर्नको लागि आमन्त्रण गरिसकेको छ । यो कार्यलाई रेडियोको एक महत्वपुर्ण कसिको रुपमा लिन सकिन्छ ।

               चिनियाँ अन्तर्राष्टि्रय रेडियो नेपाली सेवाले सेप्टेम्वर 30, 2008 देखि काठमाडौंको मैत्री एफ.एम. 99.4 बाट नेपाली सेवाको प्रसारणलाई रीले गरेर प्रसारण गर्न थालेको छ । नेपालको राजधानी काठमाडौंको मैत्री एफ.एम.बाट सी.आर.आर्इं को नेपाली भाषाको प्रसारण गर्न थालेको कार्यलाई उच्च प्राथमिकता दिदै सो सम्वन्धि जानकारी श्रोताहरुलाई प्रदान गर्न हालै यस रेडियोले ज्ञान विज्ञान प्रतियोगिताको रुपमा आयोजना गर्दै छ । नेपाली सेवाको कार्यक्रम नेपालको एफ. एम. रेडियोमा रीले प्रसारण सम्वन्धि ज्ञान विज्ञान प्रतियोगिता नाम गरेको यस प्रतियोगिताको आयोजना अक्टुवर 15 देखि 2008 देखि अपि्रल 15, 2009 सम्म गरिदै छ ।

                 यसरी, चिनियाँ अन्तर्राष्टि्रय रेडियोले श्रोताको लागि विश्वका अन्य कुनै पनि रेडियोले गर्न नसकेका अभूतपुर्ण कार्यहरु गर्दै अगाडि बढ्दै गएको छ । एकातिर यस रेडियोले श्रोताहरुको भावना जित्न सफल भएको छ भने, अर्कोतिर दिन प्रतिदिन आफ्नो सफलताले उन्नतिको शिखर चुम्दै विश्वकै एकमात्र विशाल रेडियोको रुपमा स्थापित गर्दै गएको छ । हाम्रो मुटुको ढुकढकी बन्न सफल रेडियोले छोटो भन्दा छोटो समयमा नै विश्वको सर्वश्रेष्ट रेडियो बन्ने सौभाग्य प्राप्त गरोस, मेरो यहि हार्दिक शुभकामना । धन्यवाद

    भवदीयमान बहादुर खत्री

    सी.आर.आई रेडियो मोनिटर

    नेपालगञ्ज, बाँके

    नेपाल ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040