china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमण स्थगन भएको छ
    (GMT+08:00) 2009-04-28 19:06:55    
          प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले गर्ने भनिएको चीन भ्रमण स्थगन भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले सि.आर.आई.लाई बताउनु भए अनुसार प्रधानमन्त्रीको चीन भ्रमण स्थगन भएको हो ।

           आगमी मे 2 तारिख शुक्रबारदेखि उहाँले एक साताका लागि नेपालको छिमेकी मित्रराष्ट्र चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । मुलुकमा उत्पन्न असहज अवस्था हेरी भ्रमण स्थगन गरिएको शर्माले जानकारी दिनुभयो । यस बारेमा गत शनिबार नै प्रधानमन्त्री प्रचण्डले नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गलाई प्रधानमन्त्री निवासमा बोलाएर जानकारी गराउनु भएको पनि शर्माले बताउनुभयो ।

             नेपालले चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आवश्यक भएको बताउँदै सल्लाहकार शर्माले अहिले नेपालमा देखिएको समस्या समाधान हुनासाथ प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण गर्नुहुनेछ ।

              प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपाललाई थुप्रै फाइदा हुने उल्लेख गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार आमे शर्माले भन्नुभयो "नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ लगानी भित्र्याउन तथा सहयोगलाई वृद्धि गर्नका लागि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण महत्वपूर्ण हुनेछ ।" त्यही भएर नै प्रधानमन्त्री प्रचण्डले चीनको उहान प्रान्तमा रहेको विश्वकै ठूलो तीन घाँटी जलविद्युत परियोजनाको अवलोकन समेत गर्ने कार्यक्रम समावेश गरिएको उहाँले उल्लेख गर्नुभयो ।

               चेतनाथ आचार्य

               सि.आर.आई.

               काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040