चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ युले आज पैचिङ्गमा बोल्दै चीन-बेलायत दोस्रो आर्थिक तथा मौद्रिक वार्ता मे आठदेखि बाह्र तारिखसम्म बेलायतमा आयोजना हुने भएको स्पष्ट पार्नुभयो।
आज आयोजित नियमित पत्रकार सम्मेलनमा श्रीमती च्याङ युले बेलायती अर्थमन्त्री अलीस्टेयर दार्लीङको निमन्त्रणामा चीनका उप-प्रधान मन्त्री वाङ छी शानले बेलायतको औपचारिक भ्रमण गर्नुहुने जानकारी दिनुभएको छ। बेलायत भ्रमणताका उप-प्रधान मन्त्री वाङले बेलायती अर्थमन्त्री दार्लीङसँगसँगै चीन-बेलायत दोस्रो आर्थिक तथा मौद्रिक वार्ताको अध्यक्षता गर्नुहुने कार्यक्रम छ।
प्रवक्ता च्याङ युका अनुसार, उक्त वार्ता चीन-बेलायत पारस्परिक सहयोगको दिगो बृद्धिलाई केन्द्रीत गरिने छ र चीनको अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय उर्जा व्यूरोलगायतका विभागका जिम्मेवार व्यक्ति एवम् बेलायत सरकारका मन्त्रीमण्डलका सदस्यले उक्त वार्तामा भाग लिनुहुनेछ।
|