चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिङमा बोल्दै दोस्रो चरणको चीन यूरोपेली संघबीचको आर्थिक तथा व्यापार उच्च स्तरीय वार्ता मे महिनाको सातदेखि आठ तारिखसम्म ब्रुसेल्समा आयोजना हुने कुरा बताउनुभयो।
आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा श्रीमती च्याङ युले चीनका उप-प्रधानमन्त्री वान छी शाङ उक्त कार्यक्रममा ब्रुसेल्स प्रस्थान गर्नुहुने कुरा बताउँनुभयो।
श्रीमती च्याङ युले यस पटकको वार्तामा चीन र युरोपेली संघले आर्थिक तथा व्यापार सहयोगका महत्वपूर्ण समस्याहरुबारे छलफल हुने कुरा पनि स्पष्ट पार्नुभयो।
|