china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेल चीनको भ्रमण सिध्याएर आज नेपाल फर्कदै हुनुहुन्छ
    (GMT+08:00) 2009-05-04 20:21:48    
          एक हप्ताको चीन भ्रमण सिध्याएर स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेल आज साँझ नेपाल फर्कदै हुनुहुन्छ । उहाँ विश्व स्वास्थ्य संगठनको एक कार्यक्रममा भाग लिनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी पेइचि जानु भएको थियो ।

          स्वास्थ्य मन्त्री पोखरेलका साथमा स्वास्थ्य सचिव डा. दीर्घसिंह बम तथा स्वास्थ्य मन्त्रालयका दुईजना अधिकारी र अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाह पनि चीन भ्रमणमा जानु भएको छ ।

          चीन भ्रमणका समयमा स्वास्थ्य मन्त्री पोखरेलले चिनियाँ स्वास्थ्य मन्त्री प्राध्यापक छेन फु सँग दुई पक्षीय वार्ता गर्नु भएको थियो । भेटघाटमा नेपालको स्वास्थ्य क्षेत्रमा चिनियाँ सहयोगको वृद्धिको बारेमा छलफल भएको मन्त्रीसँगै चीन जानु भएका डा. शाहले सि.आर.आई.लाई बताउनु भएको छ । साथै अन्य चिनियाँ नेताहरुसँग पनि मन्त्री पोखरेलले भेट गरी दुई पक्षीय कुराकानी गर्नुभएको छ।

          स्वास्थ्य मन्त्री पोखरेलले नेपालको स्वास्थ्य सुधारमा चिनियाँ सहयोग महत्वपूर्ण र कोषेढु भएको बताएपछि समकक्षी चिनियाँ मन्त्रीले धन्यवाद दिँदै सहयोगलाई निरन्तरता दिने बताउनु भएको डा. शाहले उल्लेख गर्नुभएको छ।

          चिनियाँ सहयोगमा गत वर्ष काठमाडौँमा निर्माण भएको निजामति सेवा अस्पताल एक महिनादेखि सेवा प्रदानमा जुटेको छ। चितवनको भरतपुरमा स्थापित वि.पी. कोइराला क्यान्सर अस्पतालले दक्षिण एसियाका क्यान्सर रोगीका लागि प्रभावकारी सेवा प्रदान गर्दै आएको छ। त्यसगरी कीर्तिपुरमा चिनियाँ सहयोगमा आयुर्वेद अनुसन्धान केन्द्रको निर्माण भइरहेको छ ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040