china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मष्टिशकल हेरचाह र उन्नतिशिल प्रविधिद्बारा नयाँ विद्यालयको निर्माण
    (GMT+08:00) 2009-05-06 18:22:40    

                  विगत वर्षको मे महिना बाह्र तारिखका दिन दक्षिण-पश्चिमी चीनको स छुआन प्रान्तको बिनासकारी भूकम्पद्बारा त्यहाँका बासिन्दाहरुको घर र केटा-केटीहरु एवं ज्ञान हासिल गर्ने विद्यालय ध्यवस्त भएको छ। एक वर्षपछि हाम्रा सम्बाददाताले स छुआन प्रान्त गएर अस्थायी निर्मित र पुनःनिर्मित विद्यालयको भवनमा किताब पढ्ने आवाज पाएका छन। केटा-केटीको अनुहारमा फुर्तिलो हाँसो देखेका छन्।

                  पै छुआन माध्यमिक विद्यालय सबैभन्दा गम्भीर भूकम्पग्रस्त म्येन यांग शहरमा पर्दछ। भूकम्प गएको सातौं दिन पै छुआन माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई नजिकै व्यवसायिक एउटा तालिम केन्द्रमा पढ्नका लागि पठाइएको छ। पै छुआन माध्यमिक विद्यालयका जिम्मेवार व्यक्ति लि श्ये येनले हाम्रा सम्बाददातासित कुराकानी गर्दै विगत वर्षको सेप्टेम्बर पैचिंगमा अवस्थित क्यापिटल नर्मल विश्वविद्यालय अन्तर्गत संगीत इन्टिट्युटका स्वयं-सेवकहरुले पै छुआन माध्यमिक विद्यालय आएर सहयोगात्मक शिक्षण दिने कुरा बताउनुभएको छ। यसैगरी पै छुआन माध्यमिक विद्यालयले संगीत, चलचित्र आदि कक्षा परिक्षणका रुपमा खोलेर विद्यार्थीहरुलाई मानसिक स्वस्थ शिक्षा दिनथालेको छ।

                 हामीले अहिले कला शिक्षाको सर्भेक्षण गरिरहेका छौं। यसद्बारा क्यापिटल नर्मल विश्वविद्यालयको श्रोत-साधनको सकारात्मक प्रयोग गर्नसकिन्छ। हामीले दुइ वटा कक्षामा कलासम्बन्धी विशेष शिक्षा दिने कक्षा खोलेका छौं। ती विशेष कला शिक्षामा संगीत र चलचित्र आदि समाबेश छन। हाम्रो शैक्षिक कक्षाले विशेष कला विद्यार्थीको व्यवहारमा परिक्षाको कार्यक्रमबमोजिम सिकाएको छ।

                  बिनासकारी भूकम्पले पै छुआन माध्यमिक विद्यालयका धेरै विद्यार्थीहरुलाई अपांग बनाएको छ। तर संगीत र चलचित्र आदि कला कक्षाले देखाएको कुराले उनीहरुलाई दुःखको भावनाबाट बाहिर ल्याएको छ।

                 क्यापिटल नर्मल विश्वविद्यालयका विद्यार्थी चांग चु च्युनले यहाँ सहयोगात्मक शिक्षाण गरिरहेकी छिन। हाम्रा सम्बाददातासित कुराकानी गर्दै हाल उनले "पैयूँ फूल" नामक एउटा पियानो धुन अभ्यास गरिरहेको कुरा बताएकी छिन। उनले यो धुन विद्यार्थीहरुलाई सिकाउन तयार गरेकी हुन। प्रकोपग्रस्त क्षेत्रका सबै केटा-केटीहरुलाई संगीतद्बारा विश्वास्त र खुशि पार्नसकिने उनको आशा छ।

                  हाम्रो उमेर र विद्यार्थीहरुको उमेर बीच केही मात्रको भिन्नता छ। त्यसैले हामी राम्रो साथी हुने अनुभव गरेका छौं। हामीले पहिले संगीत सिकेको बेलामा संगीतद्बारा आफ्नो भावना देखाएको एउटा किसिम मात्रै भएको ठहर गरेका थियौं। तर हामी यहाँ आएर संगीतद्बारा हामी सबैलाई जोडिएको अनुभव गरेकाछौं।

                  अकस्मात बिनासकारी भूकम्पले प्रकोपग्रस्त क्षेत्रका केटा-केटीहरुको आदर्शलाई भने व्यवहारमा ध्यवस्त पारेको छैन। बरु उनीहरु अझ दृढ बनेका छन। सोह्र वार्षिय को तु मे भूकम्पमा उनको बायाँ खुट्टा गुमाएकी छिन। उनले हाम्रा सम्बाददातासित कुराकानी गर्दै भविष्यमा उनी एक डाक्टर बन्ने उनको सबैभन्दा ठूलो आशा भएको कुरा बताइन । त्यसबाट सहयोग चाहिने मानिसहरुलाई सहयोग दिनसकिने छ उनले भनिन्।

                 मैले एक जना डाक्टर हुने आशा लिएको छु। किनकि डाक्टरले बढी मानिसहरुलाई सहयोग दिएर उनीहरुलाइ स्वस्थ पार्न सकिन्छ।

               पै छुआन माध्यमिक विद्यालयका जिम्मेवार व्यक्ति लि श्ये येनले दिनुभएको जानकारीकाअनुसार, केटा-केटीलाई अझ राम्रो पढाइ र वातावरण सिर्जना गर्नका लागि हाल सम्बन्धित पक्षले एउटा नयाँ आधुनिकीक भवनको निर्माण गर्ने योजना बनाइरहेको छ।

                  प्राप्त समाचारकाअनुसार, बिनासकारी भूकम्पले स छुआनका तेह्र हजारभन्दा बढी विद्यालयलाई विभिन्न तहमा ध्वस्त पारेको छ। तर भूकम्पपछिको एक वर्षमा स्थानीय शैक्षिक कार्य पुनः सञ्चालन गर्ने कार्यले मानिसलाई आश्चार्यचकित वनाएको छ। भूकम्प गएको केही दिनपछि अकस्मात रोकिएको पढाइको आवाज गम्भीर प्रकोपग्रस्त तु च्यांग येनको एउटा पालमा पुनःसन्न पाइएको छ। भूकम्प गएपछिको चार महिनाभन्दा कमको अवधिमा प्रकोपग्रस्त क्षेत्रका सबै विद्यालय अरु ठाउँमा सार्ने तथा मर्मत गरि भवन पुनःसंचालनमा आएको छ। मानसिक सहयोग र मानसिक स्वास्थ्यलाई सामान्य शैक्षिक कार्यक्रममा राखिएको छ। योजना अनुसार, यस वर्षको सेप्टेम्बर महिनाको एक तारिखअघि अधिकांश विद्यालयले स्थायी बलियो भवनमा शिक्षण पुनःशुरु गर्ने कुरालाइ साकार तुल्याइने छ।

                  यसका कारणले नै हाम्रा सम्बाददाताले समाचार संकलन गर्ने क्रममा तुरुन्तै निमार्ण गरि रहेका धेरै नयाँ शैक्षिक भवनको पुनर्निर्माण परियोजना खोजेका छन। उत्तर-पूर्वी तु च्यांग येनअवस्थित श्यांग अ प्राथमिक विद्यालय ती मध्येको एक हो।

                  सयौं जना मजदूरहरु त्यहाँ व्यस्त छन। प्राप्त जानकारीकाअनुसार, निर्माण गरिरहेको श्यांग अ प्राथमिक विद्यालय हाल चीनमा काठद्बारा निर्मित पहिलो विद्यालय भएको हो। ती सबै काठहरु क्यानाडाले अनुदान सहयोग गरेको हो। स छुआन प्रान्तको तु च्यंग येन शहरको शिक्षा ब्यूरोअन्तर्गत प्रकोपपछिको पुनर्निर्मित परियोजनाका जिम्मेवार व्यक्ति चांग फिंगले पहिलेको श्यांग अ प्राथमिक विद्यालय भूकम्पमा गम्भीर ध्वस्त भएको थियो। त्यसैले स्थानीय सरकारले अरु ठाउँमा सो विद्यालयको पुनर्निर्माण गर्ने निर्णय गरेको छ। हाल शैक्षिक भवन र विद्यार्थीको कक्षा कोठाको मुख्य प्रायरुप सकारात्मकरुपमा पूरा भएको छ।

                   श्यांग अ प्राथमिक विद्यालयको डिजाइन थुंग चि विश्वविद्यालयको निर्माण बस्तुको डिजाइन केन्द्रले गरेको हो। यस वर्षको जुन महिनाको तीस तारिखका दिन सो परियोजना पूरा हुनेछ। अनि यस शरद ऋतु शुरु भएको बेलामा श्यांग अ प्राथमिक विद्यालयको प्रयोग हुने छ।

                   प्राप्त जानकारीकाअनुसार, नयाँ श्यां अ प्राथमिक विद्यालयको क्षेत्रफल पाँच हजार वर्गमिटर रहने छ। यसमा शैक्षिक भवन, कक्षा कोठा, भोजनालय र खेल मैदान आदि समाबेश छन। पूरा भएपछी पाँच सय चालीस जना विद्यार्थीहरुले यहाँ पढ्नसक्छन। श्री चांग फिंगले श्यां अ प्राथमिक विद्यालयको भूकम्पको प्रतिरोध स्तर चीनको गैर-सरकारी निर्माण-बस्तुसम्बन्धी सर्वोच्च मापदण्डमा पुग्ने जानकारी दिनुभयोः

                  श्यांग अ प्राथमिक विद्यालयको निर्माण कार्य निर्माण मन्त्रालयको गुणस्तरको व्यवस्थापनको विशेष मापदण्डअनुसार गरिएको छ। तु च्यां येन शहर भूकम्प संकटग्रस्त क्षेत्रमा पर्दछ। त्यसैले रचना गर्दा भूकम्पको प्रतिरोध मापदण्डलाई विचार गर्नुपर्छ। भूकम्प भएपछि तु च्यां येनको भूकम्पको प्रतिरोध स्तर आठ डिग्री भएको हो। सार्वजनिक प्रबन्धहरुका लागि यस आधारमा एक डिग्री बढ्नुपर्छ। त्यसैले विद्यालयको भूकम्प प्रतिरोध स्तर नौ डिग्री पुगेको छ। श्यांग अ प्राथमिक विद्यालयको नयाँ शैक्षिक भवनको रचना, निगरानी, व्यवस्थापन, गुणस्तरको जाँझबुझ आदि पक्ष आधारभूत निर्माण कार्यक्रम बमोजिम नै गरिएको छ। हामीले केही टोलीहरु बिभाजन गरेर विशेष रुपमा त्यसको गुणस्तर, प्रतिक्रियाको निगरानी गर्ने छौं। विभिन्न पक्षहरुको निगरानी तथा व्यवस्थापनमा ध्यान दिनुपर्छ।

                  श्यांग अ प्राथमिक विद्यालयको निर्माणका क्रममा धेरै उच्च बैज्ञानिक तथा प्राविधिक कारक तत्व राखिएको कुरा भन्नलायक छ। विद्यालयको निर्माण कार्यको जिम्मा लिने व्यक्ति यांग च्येन छंगले यसबारे यसरी जानकारी दिनुभयोः

                  काठद्बारा निर्मित बस्तुको भूकम्पको प्रतिरोध क्षमता निकै राम्रो छ। यसका साथै श्रोत-साधनको किफायत र वातावरणको संरक्षण गर्नसकिन्छ। आगोको प्रतिरोधका लागि भित्ताको बाहिरी भागमा विशेष सामग्री राखि आगोको प्रतिरोध गरिएको छ ।यसका अतिरिक्त, विद्यालयमा दुइ वटा बहुमाध्यम कक्षा र धेरै विशेष क्षमतायुक्त कक्षाको निर्माण गरिएको छ। यसमा प्रकृतिक ज्ञान सिकाउने कक्षा, श्रामिक प्रविधिसम्बन्धी विषय सिकाउने कक्षा, चलचित्र कक्षा, संगीत कक्षा, भौगोल प्रयोगशाला र रसायनिक प्रयोगशाला आदि समाबेश छन।

                  हाल श्यांग अ प्राथमिक विद्यालयका शिक्षक-शिक्षिका र विद्यार्थीहरु छिटोभन्दा छिटो आनन्द तथा सुरक्षित नयाँ शैक्षिक भवनमा सर्ने प्रतिक्षामा रहेका छन। छैठौं कक्षाका विद्यार्थी पान च्याउले हाम्रा सम्बाददातासित कुराकानी गर्दै उनको मनको अभिलाषा यसरी व्यक्त गरेकी छिन।

                  नयाँ शैक्षिक भवन निकै सुन्दर छ। धेरै साथीहरुले हामीलाई सहयोग दिएका छन। उनीहरुको सहयोग सामान्य भएतापनि हाम्रो मनलाई छुने धेरै कुरा गरेका छन। मैले यस पल्टको भूकम्पबाट धेरै अनुभव पाएर भविष्यमा स्वयं-सेवक हुनखोजेको छु।

                चाहे श्यांग अ प्राथमिक विद्यालय होस वा पै छुआन माध्यमिक विद्यालय होस प्रकोपग्रस्त क्षेत्रमा मष्टिशकल हेरचाह र उन्नतिशिल प्रविधिद्बारा निर्मित विद्यालयमा केटा-केटीहरुको आकाँक्षा त्यति टाढा छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040