china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विविध कदमको कारण स् व्छान्‌मा लगानी गर्ने विदेशी व्यापारीहरुको सौहार्दपूर्ण रुपमा बृद्धि
    (GMT+08:00) 2009-05-06 18:24:39    

                  सन् दुई हजार आठको मइ बाह्र तारिखका दिन चीनको स छ्वान प्रान्तमा गएको भूइँचालोले बढी मानिसहरु हताहत हुनुका साथै धनसम्पत्तिको पनि ठूलो क्षति भएको थियो । चीनको पश्चिमी भेगमा रहने विदेशी लगानी केन्द्रीत हुने महत्वपूर्ण स्थानका रुपमा रहेर स छ्वान प्रान्तमा विदेशी लगानी लगाउने सौहार्दतामा असर पर्छ कि पर्दैन र त्यसठाउँबाट विदेशी लगानी ठूलो पैमानामा हट्ने हो कि होइन ? भूइँचालो गएको पहिलो स्मृतिदिवशमा यस्तो प्रश्न लिएर हाम्रा पत्रकारले स छ्वान प्रान्तमा लगानी गर्ने विदेशी व्यापारीहरुको व्यवसायको निरीक्षण गर्दै तिनीहरुको सन्चालन र उत्पादनबारे जानकारी लिएका छन् । समाचार सङ्कलन गर्दा हाम्रा पत्रकारले के पत्ता लाएका छन् भने पछिल्लो एक वर्षयता स छ्वान प्रान्तका विभिन्न स्तरीय सरकारी विभागले सकारात्मक कदम चालेर विदेशी पूँजीबाट सन्चालित व्यवसायहरुलाई भूइँचालोको प्रभावबाट यथाशीघ्र मुक्त गर्न सघाउ पुर्‍याएका छन् । यस्तो विषयबारे आज हामीहरुले केही परिचय दिऔं ।

                   श्रोता मित्र, स छ्वान प्रान्तको छन् तु शहर अन्तर्गत उच्च र नव प्रविधियुक्त विकास क्षेत्र चीनमा सबैभन्दा पहिले खडा भएका राष्ट्रिय उच्च र नव प्रविधियुक्त विकास क्षेत्रहरुमध्येको एक हो । त्य स व्छान प्रान्तका विदेशी रकम पूँजीबाट सन्चालित व्यवसायहरु केन्द्रित भएको ठाउँ हो । अमेरिकाको मोटोरोला , जर्मनीको सिएमन्स , जापानको सुमितोमो र थाइल्याण्डको चाइ ताइ जस्ता चार सयवटाभन्दा बढी विश्वका प्रख्यात अन्तर्देशीय कम्पनीले आफ्नो शाखा कम्पनी यहाँ खोलेका छन् । तीमध्ये एरिस्सोन पनि रहेको छ। पाँच वर्षअघि सो कम्पनीले छन् तु उच्च र नव प्रविधियुक्त विकास क्षेत्रमा आफ्नो अनुसन्धान र विकास केन्द्रको स्थापना गरेको थियो। एरिस्सोन तारविहीन प्रविधि "छन् तु"कम्पनी लिमिटेडका महाप्रबन्धक खोंग सेन् तोंगका अनुसार सुरुमा बहु पक्षको सोच-विचार गरेपछि मात्र कम्पनीले छन् तुमा लगानी गर्ने छनौट गरेको थियो। उहाँले भन्नुभयोः सन् दुई हजार चार सालमा एरिस्सोन छन् तु अनुसन्धान र विकास केन्द्रको स्थापना भएको थियो । हामीहरुले छन् तुमा सो केन्द्रको स्थापना गरेको कारण एकातिर स्थानीय सरकारको ठूलो समर्थन हो र अर्कातिर हामीहरुले यहां अपेक्षाकृत उच्च गुण र स्वभाव रहने कर्मचारी भर्ना गर्न सक्ने हो । किनकि यहाँ राम्रा-राम्रा विश्वविद्यालय रहेका छन् । जस्तो भनौँ-

                    स छ्वान विश्वविद्यालय र छन् तु इलेक्ट्रोनिक्स विज्ञान र प्रविधि विश्वविद्यालय । यसका अतिरिक्त शांग हाई र पैचिङ तथा चीनका अन्य शहरहरुको दाँजोमा छन् तुमा लगानी गर्ने लागत त तुलनात्मक कम रहेको कारण हामीहरुले छन् तुमा अनुसन्धान र विकास केन्द्रको स्थापना गरेका छौं ।

                   एरिस्सोन कम्पनी जस्तै विदेशी पूँजीबाट सन्चालित बढी व्यवसायहरुले छन् तुको लगानी वातावरण उज्ज्वल रहेको देख्दा बारम्बार छन् तुमा कारखाना खोल्न लगानी लगाउँदै आएका छन्‌।उनीहरुको दृष्टिकोणमा इ बाह्र तारिखमा षण भूइँचालो गएता पनि छन् तु शहरमा विदेशी लगानी भित्र्याउने अनुकूल कारकतत्वमा केही परिवर्तन भएको छैन ।यस्का अलावा छन् तु शहरको आधारभूत प्रबन्ध पनि भूइँचालोको परीक्षणबाट उत्तीर्ण भएको छ । जसबाट विदेशी लगानीकार सुरुमा छन् तुमा लगानि गर्ने छनौट सही भएको कुरामा बढी रुपमा विश्वस्त रहेका छन् । यस सन्दर्भमा प्रख्यात खेल-सोफ्ट वेयरको विकास व्यापारी—छन् तु यु पी कम्प्युटर सोफ्ट वेयर कम्पनी लिमिटेडका महाप्रबन्धक छाउ चेन् वैले भन्नुभयोः

                  उत्कृष्ट आधारभूत प्रबन्ध हामीहरु सुरुमा छन् तुमा लगानी गर्ने छनौट गरेको महत्वपूर्ण कारणमध्येको एक हो । गत वर्षको मइ महिनामा गएको भीषण भूइँचालोले यस शहरको आधारभूत प्रबन्धलाई राम्ररी रीक्षण गरेको थियो । गत साल भूइँचालो जाँदा हामी काम गरिरहेका थियौं । अफिसको बिजुली आपूर्ति सामान्य रहेको थियो र इन्टरनेट वर्कमा पनि केही समस्या थिएन । जसबाट हामीहरुले छन् तु शहरमा लगानी गर्ने छनौट गरेका कुरा सही रहेको प्रतिबिम्बित रहेको छ । किनकि यहाँ असल आधारभूत प्रबन्ध रहेको छ र सुरक्षित ठाउँ पनि रहेको छ ।

                     हाम्रा पत्रकारले समाचारको संकलन गर्ने क्रममा के पत्ता लाएका छन् भने भीषण भूइँचालो गएपछि विदेशी पूँजीबाट सन्चालित व्यवसायहरुले अझ स छ्वान प्रान्तमा रहेर विकास गरेको मात्र होइन निरन्तर रुपमा थप लगानी लगाउने गर्छन् । जसको कारण स छ्वान प्रान्तका विभिन्न स्तरीय सरकारको प्रयाससित घनिष्ट सम्पर्कसँग सम्बन्धित रहेको छ । भीषण भूइँचालो गएपछि स छ्वान प्रान्तका विभिन्न स्तरीय स्थानीय सरकारले विविध कदम चालेर विदेशी पूँजीबाट सन्चालित व्यवसायहरुलाई भूइँचालोबाट पुर्‍याइएको नराम्रो क्षति-नोक्सानीलाई कम पारी विदेशी व्यापारी लगानी लगाउने विश्वासलाई बढाउने कार्यलाई भूइँचालोपछिको पुनर्निर्माण मध्येको एउटा महत्वपूर्ण कर्तव्यका रुपमा बनाउनेछन् ।

                    गत सालको आपत्ति उत्पन्न भएपछि स छ्वान प्रान्तको वाणिज्य विभागले विदेशी पूँजीव्दारा सन्चालित व्यवसायहरुको भूइँचालोको प्रतिरोध र प्रकोप उद्धार कार्य तथा उत्पादनको पुनर्स्थापना कार्यको तत्कालै सुरुवात गरेको थियो । यसका अलावा स छ्वान प्रान्तको वाणिज्य विभागले प्रकोपपछिको पुनर्निर्माणमा बढी लगानी चाहने निर्माण मेशिन् , गाडीका कल-पुर्जा र सिमेन्ट जस्ता उद्योगलाई विदेशी व्यापारी लगानी लगाउने प्रोत्साहन गर्ने वरिष्ट उद्योगको निर्देशन सूचि-पत्रमा अंकित गरेको छ । जसबाट विदेशी व्यापारी लगानी लगाउन बढी रुपमा आकर्षित पार्न सकियोस् । स छ्वान प्रान्तको वाणिज्य विभागका अधिकारी श चन् व्हाले पत्रकारलाई जानकारी दिँदै भन्नुभयोः केही विदेशी पूँजीव्दारा सन्चालित व्यवसायहरुले भूइँचालोपछि स छ्वान प्रान्तमा थप लगानी लगाएका छन् र विशेष गरी चालू वर्षका अघिल्ला तीन महिनामा विदेशी व्यापारीले स छ्वान प्रान्तमा लगानी लगाउने कार्यमा असल प्रवृत्ति देखा परेको छ । सन् दुई हजार नौ सालको अघिल्ला तीन महिनामा स छ्वान प्रान्तमा लगानी लगाउने परिमाण एक करोड अमेरिकी डलरभन्दा बढी हुने विदेशी व्यापारीव्दारा लगानी लगाउने परियोजनाको कूल संख्या पन्ध्र पुगेको छ । यस अवधिमा छ छ्वान प्रान्तमा लगानी लगाइसकेका सातवटा विदेशी व्यवसायहरुले आफ्नो रकम-पूँजीमा थप लगानी लगाएका छन् । यसका अतिरिक्त चालू वर्षका अघिल्ला तीन महिनामा स छ्वान प्रान्तमा रहने विदेशी ठेक्काका लागि सेवा उपलव्ध गराउने उद्योगले पनि तीनवटा प्रख्यात अन्तर्राष्ट्रिय व्यवसायहरुलाई भित्र्याएको छ । तिनीहरु क्रमशः एशन्चलको विश्वव्यापी लेनदेन केन्द्र , जर्मनीको टुन्हाउ कम्पनी र विश्वव्यापी प्रख्यात इन्टरनेट वाणिज्य व्यवसाय अमाजोन कम्पनी हुन् ।

                      तथ्यांकबाट के प्रतिबिम्बित रहेको छ भन चालू वर्षको मार्चको अन्तसम्म स छ्वान प्रान्तमा भीषण भूइँचालोबाट ठूलो क्षति नोक्सानी पुर्‍याइएका छ वटा क्षेत्रमा रहने विदेशी पूंजीव्दारा सन्चालित व्यवसायहरुको संख्या चार हजार तीन सय तेइससम्म पुगेको छ । जुन भूइँचालोअघि एक सय चौहत्तर बढेको देखिन्छ । अति स छ्वान प्रान्तमा विदेशी व्यापारीहरुले लगानी लगाएका कूल मात्रा पनि त्रिचालीस अर्ब अमेरिकी डलरभन्दा बढी भएको छ ।

                   स छ्वान प्रान्तको उद्योग वाणिव्य विभागका उपप्रमुख व्हांग च्युन्‌ले परिचय दिंदै भन्नुभयोः "मइ बाह्र तारिख"को भीषण भूइँचालो र अन्तर्राष्ट्रिय बैंकिङ संकटको दोहोरो प्रभावको कारणले भूइँचालो गएभन्दा अघिको तुलनामा पछिल्ला एक वर्षयता स व्छान्‌ प्रान्तमा दर्ता गर्ने नयां विदेशी पूँजीव्दारा सन्चालित व्यवसायहरुको संख्या बढ्दे गति अलि मन्द भएको छ । तर पति स छ्वान प्रान्तमा विदेशी व्यापारीले लगानी लगाउने सौहार्द अझ कम रहेको छैन ।

                    भूइँचालो गएपछि समष्टिगत दृष्टिकोणबाट हर्दा विदेशी पूँजीबाट सन्चालित व्यवसायहरुको कूल संख्या बढेको देखिन्छ र खास गरी छन् तु शहरमा सन् दुई हजार आठ सालको मइदेखि सन् दुई हजार नौ सालको मार्चसम्म अथवा भनौं भूइँचालो गएपछिको अवधिमा छन् तु शहरमा दर्ता गर्ने नयां विदेशी पूँजीव्दारा सन्चालित व्यवसायहरुको संख्या एक सय छयसट्ठी पुगेको छ । भूइँचालो प्रकोपबाट भीषण क्षति नोसानीमा परेका अन्य क्षेत्रमा पनि विदेशी पूँजीबाट सन्चालित नयाँ व्यवसायहरुको स्थापना भएको छ । यसबाट विदेशी व्यापारीले प्रकोप-क्षेत्रमा लगानी लगाउने सौहार्दता कम नभएको प्रतिबिम्बित रहेको छ ।

                      विदेशी व्यापारीहरुको दृष्टिकोणबाट हेर्दा स छ्वान प्रान्तमा भीषण प्रकोपपछि पुनर्निर्माणले तिनीहरुलाई विकासको अवसर पुर्‍याएको छ। एरिस्सोन कम्पनीको चीनको पश्चिम क्षेत्रका उपमहाप्रबन्धक फ्रान्क लीका अनुसार स छ्वान प्रान्तको भविष्यको विकासको उज्ज्वल परिस्थितिको कारण गत सालको नोभेम्बर एरिस्सोन कम्पनीले चीनको पश्चिम क्षेत्रको मुख्यालयलाई छन् तु उच्च र नव प्रविधियुक्त विकास क्षेत्रमा राखेको छ । यसका अतिरिक्त एरिस्सोन कम्पनीले चिनियाँ टेलिकम र युनिकमसित मिलेर संयुक्त रुपमा प्रकोपग्रस्त क्षेत्रको सञ्चार सञ्जालको पुनर्स्थापना गर्न प्रयास गरेको छ । जसको कारणले व्यवसायको सन्चालन भूइँचालोको कारण घटेको छैन बरु सन्चालनमा ठूलो मात्राको बृद्धि देखा परेको छ । आफ्नो व्यवसायको भविष्यप्रति फ्रान्क ली निकै विश्वस्त रहेका छन् । भूइँचालो गएपछि हामीहरुले चीनमा आफ्नो बजारलाई विस्तार गर्ने मौका देखेका छौं । विशेष गरी भरपर्दो संचार संजाल चाहने क्षेत्रमा ग्राहकले सर्वप्रथम एरिस्सोनको उत्पादनको उपयोग गर्ने विचार गर्न सक्छन् । सन् दुई हजार सात सालको दांजोमा सन् दुई हजार आठमा एरिस्सो कम्पनीको फाइदा चालीस प्रतिशतले बढेको देखिन्छ । शायद भूइँचालोपछिको पुनर्निर्माण पनि उत्पादन फाइदा बढेको मुख्य कारणमध्येको एक हो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040