china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ग्वाङचाउ काठमाडौँ नियमित उडान गर्दै आएको चाइना साउथन एयरलाइन्सले उत्साहजनक व्यवसाय गरेको छ।
    (GMT+08:00) 2009-05-06 21:09:36    

          झण्डै तीनवर्ष अगाडि काठमाडौँ ग्वाङ्‍चाउ उडान गर्दै आएको चाइना साउथन एयर लाइन्सको व्यवसाय उत्साहजनक रुपले अगाडि बढिरहेको छ। एयर लाइन्सको काठमाडौँ कार्यालयका महाप्रवन्धक भिमसेन्ट चेनले सि.आर.आई.लाई बताउनु भएअनुसार अघिल्ला मार्च र अपि्रल महिनामा आशा गरेभन्दा राम्रो व्यवसाय गर्न एयरलाइन्स सफल भएको छ।

             उडान सुरु गर्दा साताको दुईपल्ट उडान तालिका थियो भने पछि यसलाई बढाएर हप्ताको तीनपल्ट उडान तालिका बनाइएको थियो। गत वर्षको मार्चदेखि काठमाडौँमा भएका चीन बिरोधी गतिविधिका कारण एयर लाइन्सले आफ्‍नो उडान तालिकालाई घटाएर पुन दुईपल्ट गराएको छ। हाल प्रत्येक सोमबार र शुक्रबार काठमाडौँ ग्वाङ्‍चाउ उडान हुँदै आएको छ।

              महाप्रवन्धक भिमसेन्टका अनुसार अहिलेको उत्साहजनक व्यवसायका कारण आगामी जुनको 29 तारिखदेखि हप्ताको तीनपल्ट उडान गर्ने योजना एयरलाइन्सले बनाएको छ। जुन 29 देखि प्रत्येक सोमबार, बुधबार र शुक्रबार काठमाडौँ ग्वाङ्‍चाउ उडान हुनेछ। जुलाई र अगष्ट महिनामा चीनमा विद्यालयहरु विदा हुने हुनाले नेपाल घुम्ने चिनियाँ पर्यटकको चापलाई ध्यानमा राखेर हप्ताको तीनपल्ट उडान बनाउन लागिएको भिमसेन्टले बताउनुभयो।

             चालु महिनाको पहिलो सातामा पनि एयरलाइन्सको व्यापार उत्साहजनक रहेको छ। प्राय सबै उडानका यात्री पूर्ण हुने भएकाले र आगामी दिनमा यो क्रम अझै बढ्‍न संभावना रहको पनि भिमसेन्टले बताउनुभयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040