china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल टेलिकमका इन्जिनियरहरुले चीनमा आएर विशेष प्राविधिक तालिम लिने भएका छन्।
    (GMT+08:00) 2009-05-07 11:17:37    

         लामो समयदेखि चिनियाँ प्रविधि प्रयोग गर्दै आएको नेपाल टेलिकमले केही इन्जिनियरहरुलाई विशेष तालिम लिन चीन पठाउने भएको छ। यही मे महिनाको 15 तारिखदेखि 29 तारिखसम्म चीनको राजधानी पेइचिङ्गमा हुने प्राविधिक तालिममा टेलिकममा कार्यरत 12 जना इन्जिनियरहरुले भाग लिनेछन्।

              टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले सि.आर.आई.लाई बताउनु भए अनुसार टेलिकमले नेपालमा प्रयोगमा ल्याउन लागेको नयाँ प्रविधिका बारेमा जानकारी गराउनका लागि इन्जिनियरहरु तालिममा जान लागेका हुन्। दुईजना वरिष्ठ इन्जिनियरसहति 12 जना इन्जिनियरहरुले टेलिकमले प्रयोगमा ल्याउने नयाँ प्रविधिको जडान, मर्मत तथा एयरकण्डिसनको बारमो दुई हप्ते तालिम लिएर टेलिकमका अन्य प्राविधिकलाई सिकाउने प्रवक्ता थिकेले बताउनुभयो।

              नेपाल टेलिकमले मोबाइल सेवा तथा सि.डि.एम.ए. सेवामा चिनियाँ प्रविधि प्रयोग गर्दै आएको छ। चिनियाँ सहयोगमै काठमाडौँ तातोपानी खण्डमा ओछ्‍याउने कार्य पनि गतवर्षमै सम्पन्न गरिसकेको छ। टेलिकमले गुणस्तर सुधार गर्नका लागि अब अत्याधुनिक प्रविधि भित्र्‍याउन लागेको प्रवक्ता थिकेले बताउनुभयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040