china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्प लगायतका दैवी प्रकोपको पूर्व प्रतिरोध र पूर्व जाँचवुझ गर्ने तथा प्रकोपलाई घटाउने कार्यमा चीनको जोड
    (GMT+08:00) 2009-05-11 21:20:44    

                बाह्र तारिख गत वर्षको स् छुआन प्रान्तमा भयङ्कर भूकम्प गएको पहिलो स्मृतिको दिन हो साथै यो चीनको प्रथम प्रकोपको प्रतिरोध गर्ने तथा प्रकोप घटाउने दिन पनि हो। चिनियाँ नागरिक मामिला मन्त्रालयअन्तर्गतको प्रकोप बचाउ विभागीका प्रमुख चौ मिंगले एघार तारिखका दिन पैचिंगमा भन्नुभयो- चीन सरकारले भूकम्प र बाढी लगायतका दैवी प्रकोपको पूर्व प्रतिरोध र पूर्व जाँचवुझ गर्ने वैज्ञानिक अनुसन्धान र आवश्यक परिपाटीको निर्माण गर्ने कुरालाई सशक्त तुल्याउनुका साथै प्रकोपलाई घटाउने कुरालाई आर्थिक र सामाजिक विकास सम्बन्धी परिकल्पनालाई समावेस गर्ने काम गरिरहेको छ र यसलाइ आर्थिक र सामाजिक दिगो विकासको आम लक्ष्यलाई साकार तुल्याउने दिशामा रहेको एक महत्वपूर्ण प्रत्याभूतिको रुपमा लिइएको छ।

                 एघार तारिख राज्य परिषद्‍को प्रेस कार्यालयबाट आयोजित पत्रकार सम्मेलनमा चिनियाँ नागरिक मामिला मन्त्रालयअन्तर्गतको प्रकोप बचाउ विभागीका प्रमुख चौ मिंगले जानकारी दिंदै भन्नुभयो- "चीनले प्रकोपलाई घटाउने सम्बन्धी राष्ट्रिय मिलीजुली क्षमतालाई बढाउने साथै प्रकोपबाट बचाउने सम्बन्धी आवश्यक प्रणालीमा ठूलो प्रभाव पर्ने एक चरणको महत्वपूर्ण परियोजनाहरुलाई व्यवहारमा उतार्ने काम गरिरहेको छ। तीमध्ये देशभरि प्रकोपको बढी खतरा हुने क्षेत्रमा व्यापक जाँचबुझ गर्ने, प्रकोप घटाउने क्षमता बारे जाँच जाँचवुझ गर्ने, केन्द्रदेखि जिल्लासम्मको चार तहको प्रकोप सम्बन्धी आवश्यक निर्देशन प्रणालीको निर्माण परियोजना र उपग्रहको प्रयोगबाट प्रकोप घटाउने परियोजना आदि कुरालाई व्यवहारमा उतार्ने कार्यमा गति थपिने जस्ता कुराहरु समावेश छन्।

                 भूकम्पको तीन आयामे खालका जाँच जाँचवुझको बारेमा चीनले प्रकोप घटाउन सानो उपग्रह आदि श्रोत साधनको प्रयोग गरी अध्ययन गरिरहेको छ। यसका साथै चीनले भूकम्प उत्पन्न हुने सम्भावनासित आवश्यक भौगोलिक भौतिक दृश्य र अन्तरिक्ष भौतिक दृश्यको निरीक्षण गर्न केही विशेष निरीक्षण उपग्रहको प्रक्षेपण गर्ने योजना बनाएको छ। चिनियाँ भूकम्प व्यूरोअन्तर्गत भूकम्प प्रकोपबाट नोक्सानको प्रतिरोध विभागीय उप प्रमुख तु वैले जानकारी दिंदै भन्नुभयो- "सन् 2008 को अन्ततिर हामीले चीनमा भूकम्प उत्पन्न हुने पृष्ठभूमिको अन्वेषण परियोजना शुरु गरेका छौं। यस परियोजनाको कार्यान्वयनबाट भूकम्प सम्बन्धी चीनको जाँचबुझ र अनुसन्धान क्षमतालाई अरु बढी रुपमा विस्तृत तुल्याउने, पूर्णता दिलाउने र मजबुत पार्ने काम हुनेछ"।

                  गत वर्षको भूकम्पमा जलवायुका प्रबन्धहरु पनि भयङ्कर रुपमा नोक्सान भएका थिए। चिनियाँ जलवायु व्यूरोअन्तर्गत आवश्यक प्रकोप घटाउ तथा सार्वजनिक सेवा विभागीय उप प्रमुख छन चंग लिनले भन्नुभयो- प्रकोप प्रभावित क्षेत्रमा विभिन्न जलवायु प्रकोपप्रति विशेष सम्वेदनशील देखिन्छ। प्रकोपपछि पुनर्निर्माण गर्ने विभिन्न कदमहरुले जलवायुले दिने सेवाप्रति उच्च माग राख्दछ। त्यसैले ठीकसंग भूकम्प प्रकोपग्रस्त क्षेत्रको मौसम सम्बन्धो विवरण दिने र खराब मौसमको प्रतिरोध गर्ने कार्य राम्ररी गर्ने कुरालाइ चालू वर्षको लागि चिनियाँ जलवायु व्यूरोले महत्वपूर्ण कार्यहरुमध्येको सूचिमा राखेको छ। उहाँ भन्नुहुन्छ- "यस वर्षको वर्षा यामका साथसाथै स् छुआन प्रान्तमा होस् वा अरु भूकम्प प्रभावित क्षेत्रमा जलवायु विभागले देखा पर्न सक्ने आपतकालीन मौसम र मौसमी प्रकोपको सामना गर्नका लागि जाँचवुझ गर्न, पूर्व खबरदारी दिन र आवश्यक सेवा उपलब्ध गराउन तयारी गरिसकेका छन्"।

                 एघार तारिखका दिन चिनियाँ राज्य परिषद्‍को प्रेस कार्यालयले "चीनको प्रकोप घटाउ कार्यकलाप" विषयक श्वेत पत्र प्रकाशित गरेको छ। प्रकोपको प्रतिरोध र प्रकोप घटाउने कार्यको सम्बन्धमा चीन सरकारले प्रकाशित गरेको यो पहिलो श्वेत पत्र हो। यस श्वेत पत्रले हालैका केही वर्षदेखि यता चीनले प्रकोपलाई घटाउने दिशामा गर्ने गरेको प्रयास र यसमा हासिल गर्दै आएको सफलता बारे चौतर्फी रुपमा जानकारी दिएको छ। सो श्वेत पत्रमा भनिएको छ चीन सरकारले प्रकोप सम्बन्धी सूचना सार्वजनिक गर्ने परिपाटीको स्थापना गर्नेछ। यसका साथै चीनले प्रकोपलाई घटाउने सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगमा निरंतर रुपमा र सक्रियताका साथ सहभागी गर्नुका साथै प्रकोप घटाउने सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगको स्थापना गरी यसलाई पूर्णता दिलाउंदै ठूल्ठूला प्रकोप उत्पन्न भएमा आपसी सहायता दिने कुरामा श्वेत पत्रले जोड दिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040