
चीनका राष्ट्राध्यक्ष हु चिन थाउ हिजो छङ तु शहरको वन छ्वानमा आयोजित भूकम्प स्मृती कार्यक्रममामा सहभागी चीनस्थित तीस वटा मुलुकहरु तथा अन्तर्राष्ट्रिय संगठनका राजदूत तथा प्रतिनिधिहरुसँग भेट-घाट गर्नुभयो।
श्री हु चिन थाउले चीन सरकार र जनताको तर्फबाट अन्तर्राष्ट्रिय समाजले चीनलाई भूकम्प प्रतिरोध तथा उद्धार एवं पुनःनिर्माण गर्नका लागि ठूलो समर्थन र सहयता उपलव्ध गराएकोमा धन्यवाद दिनुभयो।
त्यसै गरी श्री हु चिन थाउले विभिन्न मुलुकद्बारा चन्दास्वरुप प्रदान गरिएको रकम र सामग्री प्रकोपग्रस्त क्षेत्रहरुको आधारभूत प्रबन्धको निर्माणमा प्रयोग गरिने कुरा बताउनुभयो। यसका साथै श्री हुले चीन सरकारले विदेशी चन्दालाई गम्भीर रुपमा अनुगमन,व्यवस्थापन र प्रभावकारी रुपमा प्रयोग गरि प्रकोपग्रस्त क्षेत्रका जनतामा खर्च गरिने कुरा बताउनुभयो।
|