china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ए एच वान एन वान लू सरुवा रुघा फैलिन नदिन चीन प्रयासरत्
    (GMT+08:00) 2009-05-12 19:59:59    

               चीनको भित्री प्रदेशमा एघार तारिख बाहिरबाट भित्रेको ए एच वान एन वान लू सरुवा रुघा लागेको प्रथम रोगीलाई ठम्याइयो। हाल चिनियाँ स्वास्थ्य विभाग जोडतोडसंग निज रोगीसित नजिक बसेका व्यक्तिहरुलाई पत्तो लगाउने कार्यमा लागिरहेका छन। जसबाट उनीहरुलाई स्वास्थ्य निरीक्षण गर्न सकियोस्। सरकारले वेलैमा प्रतिक्रिया जनाएको र सरुवा रुघाको सूचना खुला र पारदर्शी भएको हुँदा चिनियाँ सर्वसाधारणहरुले भित्री प्रदेशमा देखा परेको ए एच वान एन वान लू सरुवा रुघा लागेको कुराप्रति सामान्य प्रतिक्रिया देखाएका छन र कुनै पनि आत्तिएको भाव देखाएका छैनन।

             चिनियाँ स्वास्थ्य मन्त्रालयको प्रेस कार्यालयका प्रमुख तंग हाई व्हाले देशभित्र ए एच वान एन वान लू सरुवा रुघा लागेको रोगी देखा परेको अवस्थामा हाल चिनियाँ स्वास्थ्य विभागका कार्यको मुख्य बिन्दु चाहिं निज रोगीसित नजिक बसेकाहरुलाई पत्तो लगाउनुपर्ने र स्वास्थ्य निरीक्षण गर्नुपर्ने कुरा भन्नुभयो।

               उहाँले भन्नुभयो किनभने हाल यो रोग लागेको व्यक्ति बाहिरबाट सरेर चीनभित्र पसेको हो। अहिलेसम्म दोश्रो रोगीलाई भेट्टाइएको छैन। त्यसैले अहिले हामीले निरंतर रुपमा सो रोगीसित घनिष्ठ सम्पर्क गरेका व्यक्तिहरुलाई पत्तो लगाएर ठम्याउने काम गर्नुपर्छ र अरु बढी रुपमा यो सरुवा रुघाको जाँचबुझ र जानकारी गर्ने कार्यलाई सबल पार्नुपर्छ र भन्सार तथा सवारी साधनको जाँचबुझ र क्वान्टाइन गर्ने पाइला चाल्नुपर्छ।

               यसका साथै चीनले प्रतिरोध र नियन्त्रण गर्ने पाइलालाई अरु बढी रुपमा मजबुत पारेको छ। जसबाट चीनमा यो रोग सर्न नदेओस्। चीनका राष्ट्राध्यक्ष हू चिन थाउले एघार तारिखका दिन एक महत्वपूर्ण आदेश जाहेर गर्दै सम्बन्धित विभागहरुसंग ए एच वान एन वान लू सरुवा रुघा चीनमा सर्न नदिन भरमग्दूरका साथे प्रयास गर्नुपर्ने र जनताको स्वास्थ्य र जीउ ज्यानको सुरक्षालाई सुनिश्चित तुल्याउनुपर्ने आग्रह राख्नुभएको छ।

                 त्यसै गरी चीनका प्रधानमन्त्री वन च्या पाउले राज्य परिषद्‍को बैठकको अध्यक्षता ग्रहण गर्दै ए एच वान एन वान लू सरुवा रुघाको प्रतिरोध र नियन्त्रण गर्ने कार्यलाई झन राम्ररी र सशक्त रुपमा गर्ने बरबन्दोबस्त मिलाउनुभयो।

               चीनको भित्री प्रदेशमा ए एच वान एन वान लू सरुवा रुघा लागेको प्रथम व्यक्ति देखा परेकोप्रति चीनका सर्वसाधारणहरु शान्त देखिन्छन। स् छुआन प्रान्तको छंग तु शहरबासी तंग ख चौले पत्रकारलाई भनिदिए- स्थानीय बासिन्दाहरुको सामान्य जीवनमा कुनै असर परेको छैन। हामीलाई कुनै पनि चिन्ता र डर लागेको छैन। सामान्य जीवनमा पनि परिवर्तन भएको छैन। सरकार र संचार माध्यमले हामीलाई सम्बन्धित धेरै कुरा सिकाएका छन। जुन हामीलाई उपयोगी छ।

               पैचिंगबासी हाउ शिनले पनि पत्रकारलाई यो सरुवा रुघा चीनमा ठूलो क्षेत्रफलमा फैलिएला भनेर आफूलाई लागेको छैन भनेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040