नेपालको तफबाट सो प्रदर्शनीमा झण्डै एक दर्जन नेपाली मुद्रण व्यवसायीहरुले पहिलो चोटी भाग लिने भएका हुन् ।आगामी 16 तारिखसम्म सञ्चालन हुने मुद्रण प्रदर्शनीमा भाग लिनका लागि चीन अध्ययन केन्द्रको प्रकाशन विभागका प्रमुख तथा मुद्रण व्यवसायी बाशु ढकालको नेतृत्वमा नेपाली मुद्रण व्यवसायीहरुको एक टोली आज साँभm काठमाडौँबाट पेइचि प्रस्थान गर्दैछ । चिनियाँ पि्रन्ट सो कम्पनीले आयोजना गर्ने सातौँ पेइचि अन्तर्राष्ट्रिय मुद्रण प्रविधिको प्रदर्शनीमा एकसय पचासभन्दा बढी मुलुकहरुले भाग लिने भएका छन् ।प्रदर्शनीमा भाग लिनुको उद्देश्य चिनियाँ छपाइ मिसिन र मसी नेपाली बजारमा भित्र्याउनु रहेको नेपाली टोलीका प्रमुख बाशु ढकालले सि.आर.आर्इ.लार्इ बताउनुभयो । चिनियाँ प्रविधिको अध्ययन अवलोकन गरी नेपाली बजार विस्तार गर्ने ध्येयका साथ नेपाली मुद्रण व्यवसायीहरु उत्साही भएर पहिलो चोटी यस खालको अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिँदैछन् । नेपाली मुद्रण उद्योगले चिनियाँ मिसिन, मसी, पाटपूर्जा तथा प्रविधि प्रयोग गर्न सकेमा सस्तो, भरपर्दो र दीर्घकालीन हुने कुरा ढकालले बताउनुभयो । नेपाली समूहका नेता ढकालका अनुसार अहिले यस क्षोत्रमा चिनियाँ मिसिन र प्रविधि न्युन रुपले प्रयोग भए पनि यो भ्रमणपछि बढ्ने संभावना रहेको छ । चेतनाथ आचार्य
सि.आर.आर्इ.
काठमाडौँ
|