china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स् छुआनको भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारण जनता क्रमशः भूकम्पको कालो छायाँबाट उम्कीरहेका
    (GMT+08:00) 2009-05-13 20:35:25    

                 स् छुआन प्रान्तमा गएको मे बाह्र विशेष ठूलो भूकम्प एक वर्ष वितेर गयो। उक्त ठूलो भूकम्पको कारण उनान्सत्तरी हजारभन्दा मानिसले आफ्नो प्यारो प्राण गुमाउनुपरेका थिए, सत्र हजारभन्दा मानिसहरु वेपत्ता भएका थिए साथै तीन लाख सत्तरी हजारभन्दा बढी मानिसहरु घाइते भएका थिए। यस दुर्घटनाबाट गुज्रेर आएका मानिसहरु दुख पीडाबाट उम्केर सामान्य जीवनमा फर्कन सक्ने कि नसक्ने भन्ने कुरा सबै मानिसहरुले चिन्ता लिइरहेका छन। हाल हाम्रो रेडियोका पत्रकारले प्रकोप प्रभावित क्षेत्रमा अन्तर्वार्ता लिएको क्रममा के देख्न पाएका छन भने मनोवैज्ञानवेत्ता र हितैशीहरुको सहयोगमा प्रकोप प्रभावित क्षेत्रका बासिन्दाहरु क्रमशः भूकम्पको कालो छायाँबाट उम्कीरहेका छन।

               "आहा, तिमी साँच्चीकै श्याबास छौ। आहा आहा, तिमी साँच्चीकै श्याबास छौ"।

                श्रोता, तपाईंले अहिले सुनिरहनुभएको आवाज मे याँग शहरको आन जिल्लाको चे फाई बस्ती प्राथमिक विद्यालयका केटाकेटीहरुले हौसला दिने गरी भूकम्पमा घाइते भएकाहरुलाई बिसेक पार्न र आत्म-विश्वासलाई बढाउनका लागि चेर अप गर्दै निकालेको आवाज हो।

               भूकम्पबाट मानिसहरुका लागि शारिरिक पीडा र अपाँग उत्पन्न भएको मात्र नभइ तिनको मनस्थितिमा पनि गहिरो चोट परेको छ। पै छुआन जिल्लाको एउटा सिमेन्टी कारखानाका कामदार लु ताउले आफ्नो छोरोले स्वयं आफ्नै आँखाले सहपाठीको भूकम्पमा मृत्यु भएको देखेकोले बेलुकी निदाउँदा संधैं नै डर लाग्दो सपना देखेर आत्तिएर झसंग बिउंझेको कुरा पत्रकारलाई सुनाए। लु थाउले भन्छन- "मेरो छोरो पै छुआन माध्यमिक विद्यालयमा कक्षा एकमा अध्ययनरत छ। भूकम्प भएपछि उ बाहिर निस्केर फेरि अरु तीनजना सहपाठीलाई पिठ्यूँमा बोकेर बाहिर ल्यायो। तर ती तीनजनामध्ये दुइजनाको मृत्यु भयो। त्यसपछिको लामो कालभित्र मेरो छोरोलाई एकदमै आत्तियो। राती निदाउँदा निदाउँदै डर लाग्दो सपना देखेर आत्तिएर बिउँझ्यो अनि ठूलो स्वरले रुन थाल्यो। किनभने उनले आफूले सपनामा रगतक्तामे दृश्य देश्य देखेको भन्यो"।

               भूकम्प उत्पन्न भएपछि चिनियाँ स्वास्थ्य मन्त्रालय र विभिन्न ठूल्ठूला अस्पतालहरुले मनोवैज्ञानिक सहायता टोलीलाई प्रकोप प्रभावित क्षेत्रमा पठाएका छन। हाल राष्ट्रिय स्तरको भूकम्पपछिको मनोवैज्ञानिक उपचार अनुसन्धान परियोजना प्रकोप प्रभावित क्षेत्रमा कार्यान्वित भइरहेको छ।

              प्रकोप प्रभावित क्षेत्रको महत्वपूर्ण चिकित्सा संस्थाको हैसियतमा रहेको स छुआन प्रान्तीय जन अस्पतालले अघि पछि गरी भूकम्पमा घाइते भएका एक हजारभन्दा बढी व्यक्तिहरुलाई भित्र्याएको थियो। चिकित्सकले तिनीहरुलाई शारिरिक दुखलाई हटाउनुका साथै मनोवैज्ञानिक उपचार पनि गरे। मनोवैज्ञानिक डाक्टर श्याओ च्युनले जानकारी दिंदै भन्नुभयो- भूकम्पपछि केही मानिसलाई मनोवैज्ञानिक कमजोर जस्तो रोग लागेको छ। तिनीहरुमा आत्तिने, पीर लाग्ने र मन बन्द हुने अझ कहाँसम्म भने आत्म हत्या गर्ने प्रवृत्ति देखा परेको छ। केही विदेशी चिकित्सा संस्थाहरुले पनि प्रकोप प्रभावित क्षेत्रमा मनोवैज्ञानिक विशेषज्ञ पठाएका छन साथै उपचार गर्ने केही उन्नतिशील पद्धति पनि ल्याएका छन।

                     स् छुआन प्रान्तीय जन अस्पतालका उप प्रमुख छाई लीले भन्नुभयो- "सबै पक्षको प्रयासमार्फत हाम्रो अस्पतालले मनोवैज्ञानिक हस्तक्षेप गर्ने कार्यमा सन्तोषजनक फल पाएको छ। हालसम्म यस्तो मनोवैज्ञानिक हस्तक्षेप र उपचार पाएका रोगीहरुको संख्या छ सय सन्तान्नब्बे पुगेको छ। माथि उल्लेख गरिएको सिमेन्टी कारखानाका कामदार लु थाउको छोरोलाई अहिले धेरै विसेक भयो"।

                   वास्तवमा बाह्य शक्तिको सहयोगमा एकजनालाई दुख बिर्सन गाह्रो पर्नेछ। स्वयं आफै यथार्थताका सामु वीरतापूर्वक उभिनुपर्छ। धेरै मानिसहरुले आफ्नो दृढ मनोबल र कठोर परिश्रममा भर परेर नयाँ जीवनको सिर्जना गरिरहेका छन।

                   "तिमीलाई थाहा छ म तिमीलाई कति सम्झेको है? तर के गर्ने? हामीले मे बाह्रलाई नमस्ते भन्नुपर्छ। अहिले म तपाईंलाई दुखपूर्वक भन्नुपर्‍यो- ए मेरो घर नमस्ते। तर तपाईं याद गर्नुहोस् म तिमीलाई कहिले पनि बिर्सन सक्दिनँ---"

                    श्रोता अहिले तपाईंले प्रकोप प्रभावित क्षेत्रको प्राथमिक विद्यालयकी एकजना छात्रा न्यू यूले लेखेको र वाचन गरेको कविता हो। भूक्मपमा निज न्यू यूको दाहिने खुट्टा काटियो र सरकारले उनलाई नक्कली खुट्टा जडान गर्‍यो। अब उनी उभिएर टेबुन टेनिस पनि खेल्न सकीन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040