चीनसँगको सम्बन्धलाई विगतको तुलनामा नजिक बनाइएको नेपालका प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले बताउनु भएको छ
(GMT+08:00)
2009-05-14 18:14:22
आफू प्रधानमन्त्री भएपछि चीनसँगको सम्बन्धमा धेरै सुधार आएको प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले बताउनु भएको छ । भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियालाईअन्तर्वार्ता दिँदै प्रधानमन्त्री प्रचण्डले सो धारणा व्यक्त गर्नुभएको हो । वर्तमान सरकारले दुई ठूला छिमेकी राष्ट्रहरु चीन र भारतसँग समदुरीमा सम्बन्धविस्तार गर्न खोजेको बताउँदै विगतका सरकारले भारतपरस्त नीति लिएको पनि उहाँलेसो अन्तर्वार्तामा बताउनु भएको छ । गतवर्ष नेपालको भूमि प्रयोग गरेर चीनबिरोधी गतिविधि गराउन ठूलो तयारी भएको तर वर्तमान सरकारको सचेतताले त्यस्तोकार्य हुन नियन्त्रित भएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।नेपालले भारतसँग सन् १९५० मा गरेको शान्ति तथा मैत्री सन्धीमा परिमार्जन गर्नखोजेको र चीनसँग पनि त्यस्तै सन्धि गर्न खोजेको प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ । उहाँले अन्तर्वार्ताको क्रममा भन्नुभएको छ "म चीनसँग पनि भारतजत्तकिैसमदुरीको सम्बन्ध कायम गर्न चाहन्छु ।" नेपालको राजनीतिमा प्रत्यक्षा तथा परोक्ष्ारुपमा भारतले हस्तक्षोप गर्ने गरेको तर चीनले कहिल्यै पनि नेपालको आन्तरिकमामिलामा हस्तक्षोप नगरेको उहाँले प्रष्ट पार्नुभएको छ ।आपूmले चालु मे महिनाको पहिलो हप्तामा गर्ने भनिएको चीन भ्रमणा नेपालकोराजनीतिक अस्थिरताका कारणले स्थगित भएको र आफ्नो कार्यकालमा धेरै चिनियाँप्रतिनिधिमण्डलले नेपालको भ्रमण गरेको आैल्याउँदै आफूले भारत विरुद्ध चीनलाईकहिल्यै प्रयोग नगरेको बताउनु भएको छ ।