नेपाल र चीनबीचमा युवा आदानप्रदान गर्नका लागि कार्यक्रम बनाउने तयारी भइरहेको छयुवा तथा खेलकूद मन्त्रालय नेपालको सबैभन्दा कान्छो मन्त्रालय भएको हुनाले युवानीति स्पष्टसँग बन्न सकेको छैन। निर्माणको चरणमा रहेको युवा नीतिसँगै चीनसँगयुवा आदानप्रदान गर्नका लागि पनि कार्यक्रम तयारी भइरहको सरोकारवाला युवाहरुले बताएका छन्।
केही समय अगाडि अल चाइना युथ फेडेरेशनले आयोजना गरेको युवा अनुभवआदानप्रदान कार्यक्रममा चारजना नेपाली युवाहरुले भाग लिएका थिए। भाग लिएकायुवाहरुमध्ये प्रजातान्त्रिक राष्टि्रय युवा संघ नेपालका महासचिव इन्द्रलाल सापकोटालेचीनले धेरै पहिले नै युवा नीति बनाएर राष्ट्र निर्माणमा युवा परिचालन गरेको अनुभव सि.आर.आई.लाई बताउनुभयो।
चिनियाँ युवाहरुको अनुवभबाट नेपालीयुवाहरुले प्राप्त गर्ने ज्ञान राष्ट्रका लागि नै महत्वपूर्ण हुने कुरा उहाँले चीनबाटअनुभव प्राप्त गर्नु भएको छ। धेरै संख्यामा नेपाली युवाहरुलाई चीनमा भ्रमण गराएर चिनियाँ युवाहरुसँग अनुभवआदानप्रदान गराउनका लागि दुई वर्ष अगाडिदेखि आफूले सरकार तथा चिनियाँदूताबासलाई सुझाव दिएको नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्षप्रकाशबाबु पौडेल बताउनुहुन्छ। पौडेलका अनुसार चिनियाँ युवाहरुलाई पनिनेपालमा बोलाएर उनीहरुको अनुभवबाट समाज सुदृढीकरण गर्न सकिन्छ।
नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले पनि विभिन्न औपचारिकसमारोहहरुमा बोल्दा दुई देशमा युवा आदानप्रदान गर्ने कामको तयारी भइरहेको औल्याउने गर्नुहुन्छ। चालु मे महिनाको सुरुमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले गर्ने भनिएको चीन भ्रमणका बेला युवा आदानप्रदान कार्यक्रममा हस्ताक्षरगर्ने तयारी भएको थियो। तर प्रधानमन्त्रीको भ्रमण स्थगनसँग यो कार्यक्रम पनि केहीपछाडि सरेको छ।
प्ररायुसंघका महासचिव सापकोटाका अनुसार युवा तथा खेलकूद मन्त्रालयले युवा नीतिबनाउने तयारी गरिरहेको छ। यो नीति आएपछि युवा परिचालन गर्न सजिलो हुनेछजसले नेपाल र चीनबीचको युवा आदानप्रदान कार्यक्रम पनि ठोस रुपमा अगाडि बढ्नेछ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|