china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ प्रधानमन्त्री वानच्यापाओले नेपालका नवनिवार्चित प्रधानमन्त्री माधव नेपाललाई शुभकामना तथा बधाइ दिनु भएको छ।
    (GMT+08:00) 2009-05-27 16:26:36    

         नेपालको छिमेकी मुलुक चीनका प्रधानमन्त्री वानच्यापाओले नवनिर्वाचित प्रधानमन्त्री माधवनकुमार नेपाल गणतान्त्रिक नेपालको दोस्रो प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा बधाई तथा शुभकामना दिनु भएको छ।

              चिनियाँ प्रधानमन्त्रीले पठाउनु भएको शुभकामना तथा बधाई सन्देश नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले हिजो प्रधानमन्त्री नेपाललाई हस्तान्तरण गर्नु भएको हो।

              चिनियाँ प्रधानमन्त्रीले पठाउनु भएको बधाई तथा शुभकामना सन्देशमा चीन र नेपाल प्राचीनकालदेखि मित्रवत छिमेकी रहीआएको र दुई देशका जनताबीच यो मित्रताको लामो इतिहास रहेको उल्लेख गरिएको छ। 54 अवर्ष अघि दौत्य सम्बन्ध स्थापना भएदेखि नै चीन र नेपालबीचको सम्बन्ध स्वस्थ र स्थिर रहँदै आएको उल्लेख गर्दै दुई देशबीच विद्यमान समानता, मैत्रीपूर्ण सहअस्तित्व र आपसी सहयोग उदाहरणीय रहेको व्यक्त गरिएको छ।

              चिनियाँ प्रधानमन्त्रीले पठाउनु भएको सो सन्देशमा चीन सरकारले चीन र नेपालबीचको सम्बन्धलाई उच्च महत्व दिएको र यस सम्बन्धलाई अझ प्रगाढ र असल छिमेकी साझेदारीका रुपमा अघि बढाउन प्रधानमन्त्री नेपालसँग मिलेर काम गर्न चाहेको पनि उल्लेख गर्नुभएको छ।

              हिजो सोमबार साँझ 6 बजे प्रधानमन्त्री नेपालनिवास कोटेश्वर पुग्नु भएका चिनियाँ राजदूतले सन्देश हस्तान्तरण गरी प्रधानमन्त्री नेपालको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चीनले नेपाललाई दिँदै आएको सहयोगले निरन्तरता पाउने विश्वास पनि दिलाउनुभयो। प्रत्युत्तरमा प्रधानमन्त्री नेपालले नेपालको एकचीन नीतिमा कुनै परिवर्तन नहुने जानकारी दिनुभयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040