नेपाल र चीनबीचमा वौद्धिक अनुसन्धान तथा विश्लेषण कार्य गरिरहेको संस्था चीन अध्ययन केन्द्रले नेपालको वैदेशिक सम्बन्धमा जर्नलको प्रकाशन गर्न थालेको छ। भरखरै प्रकाशन सुरु भएको जर्नलको पहिलो अमा सम्बन्धित विद्बानहरुको लेखलाई समावेश गरिएको छ।
नेपालले अपनाउँदै आएको विदेश नीति, यसका असरहरु तथा दृष्टिकोणलाई सूक्ष्म ढङ्गले विश्लेषण गरी जर्नलमा समावेश गरिएको छ। विशेष गरी नेपालको विदेश नीतिमा दखल राख्ने र विभिन्न देशका लागि राजदूत भएर काम गरी सकेका कूटनीतिक व्यक्तिहरुको लेखलाई प्राथमिकताका साथ राखिएको केन्द्रका अध्यक्ष मदन रेग्मीले सि.आर.आई.लाई बताउनुभयो।
नेपाल र चीनबीचको सम्बन्धमा पनि यस जर्नलमा विश्लेषणात्मक लेखहरु राखिएका छन्। चीनको बारेमा खोज अनुसन्धान गरिरहनु भएका भाष्कर कोइरालाले लेख्नु भएको सार्क सम्बन्धको पूर्वाधार विकासमा चीनको भूमिका शीर्षकको लेख लेख्नु भएको छ। त्यसैगरी चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतमले दक्षिण पूर्व एसियामा चीन र नेपालले संयुक्त रुपमा भोग्नुपर्ने समस्या शीर्षकमा लेख लेख्नु भएको छ। त्यस्तै पूर्व राजदूत प्राध्यापक मोहनप्रसाद लोहनीले सार्कका चुनौति र चीनको भूमिका शीर्षकमा आफ्नो गहन लेख प्रस्तुत गर्नु भएको छ।
मकालु वितरकले वितरण गरी बजारमा ल्याएको अंग्रेजी भाषामा प्रकाशित सो जर्नलमा मदन रेग्मी, डा. सौभाग्य शाह, प्रा.डा. षढमुख थापाका अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा विश्लेषणात्मक लेखहरु प्रकाशित छन्।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|