china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको सुन्दर सहर खुन्मिङ्गमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरुको औद्योगिक तथा व्यापारिक मेलामा नेपालले पनि भाग लिने भएको छ।
    (GMT+08:00) 2009-05-29 17:47:45    

          प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरुको औद्योगिक तथा व्यापारिक मेलामा नेपालका 21 जना प्रतिनिधिहरुले भाग लिने भएका छन्। चीनको वाणिज्य मन्त्रालयले आयोजना गर्ने यो मेला आगामी जुन महिनाको 6 देखि 10 तारिखसम्म सञ्चालन हुनेछ। चीनको दक्षिणपूर्वमा रहेको सुन्दर पर्यटकीय सहर खुन्मिङ्गमा आयोजना हुने यस मेलामा नेपालका सरकारी प्रतिनिधि र निजी क्षेत्रका व्यवसायीहरु सहभागी रहनेछन्।

              नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरन्जन भट्टराईले सि.आर.आई.लाई बताउनु भए अनुसार सो मेलामा भाग लिनका लागि उद्योग मन्त्रालयका सचिव पुरुषोत्तम ओझाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जुन 4 तारिख चीन प्रस्थान गर्नेछ। सो प्रतिनिधिमण्डलमा नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष, उद्योग मन्त्रालयबाट अन्य तीनजना अधिकारी र निजी क्षेत्रबाट 16 जना व्यवसायीहरु सम्मिलित रहनेछन्।

              मेलामा नेपालको तफबाट 18 वटा प्रदर्शनी कक्षहरु रहने पनि भट्टराईले बताउनुभयो। नेपाली व्यवसायीहरुले हस्तकलाका सामानहरु, पस्मिना, फर्निचर तथा काठका सामानहरु, नेपाली कागजका उत्पादन आदि प्रदर्शनीमा राख्ने भएका छन्। दुई वर्ष अगाडि चीनमा आयोजना भएको सोही मेलामा नेपालले पहिलोपल्ट भाग लिएको थियो। त्यसपछि नेपाल र चीनबीचमा व्यापार बढेकाले नेपाली उद्योगी व्यवसायीहरु अझै उत्साही भएको भट्टराईले दावी गर्नुभयो।

              नेपाली उत्पादनलाई चीनमा बजार विस्तार गर्नु मेलामा भाग लिनुको प्रमुख उद्देश्य रहे पनि यसले अन्य क्षेत्रबाट पनि दुई देशबीचको सम्बन्ध विस्तार हुने उहाँको भनाइ छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040