नेपालमा पहिलोपटक चिनियाँ लगानीमा निजी अस्पताल सञ्चालनमा आएको छ । काठमाडौँको मध्य बानेश्वरमा खुलेको नेपाल चाइना बोडा अस्पताल केही दिन अगाडिदेखि सञ्चालनमा आएको हो । अस्पतालले सेवा सञ्चालनमा ल्याएको भए पनि औपचारिक रुपमा अस्पतालको उद्घाटन भने भएको छैन । अब केही दिनमा नै औपचारिक रुपमा अस्पतालको उद्घाटन हुने अस्पताल व्यवस्थापनले बताएको छ ।
अस्पतालमा दोभाषेका रुपमा कार्यरत निरज सिंहका अनुसार अस्पताल हाल 50 शैयाको रहेको छ । परम्परागत चिनियाँ उपचार पद्धत्ति र पश्चिमी चिकित्सा उपचार पद्धत्तिदुवैलाई अस्पतालले प्रचलनमा ल्याएको छ। परम्परागत चिनियाँ उपचार पद्धत्तिसंसारमै लोकप्रिय बन्दै गएको छ । नेपालमा भने अस्पतालकै रुपमा परम्परागत चिनियाँ उपचार पद्धत्तिसञ्चालनमा आएको संभवत यो पहिलो तथ्य हो ।
हाल सामान्य चिकित्सा, स्त्रीरोग, मुटुरोग, शल्यक्रिया, बालरोग आदि क्षेत्रमा बहिरङ्ग र अन्तरङ्ग सेवाहरु अस्पतालमा उपलब्ध छन् । त्यसैगरी अस्पतालमा प्रयोगशाला, एक्सरे, इसिजी, अल्ट्रासाउण्ड जस्ता आधुनिक परीक्षणका उपकरणहरु पनि जडान गरिएको सिंहले बताउनुभयो । अस्पतालले आफ्ना सेवालाई क्रमश: विस्तार गर्दै लाने योजना रहेको उहाँले जानकारी गराउनुभयो ।
अस्पतालको सम्पूर्ण लगानी चिनियाँ पक्षबाट भएको सिंहले बताउनुभयो । हाल अस्पतालमा 12 जना चिनियाँ स्वास्थ्यकर्मीहरु कार्यरत छन् भने केही स्वास्थ्यकर्मी नेपालीहरु पनि छन् । त्यसैगरी प्रशासन तथा व्यवस्थापनमा चिनियाँ कर्मचारीहरु रहेको सिंहले बताउँदै अझै सबै कर्मचारी पूरा व्यवस्था भइनसकेको जानकारी गराउनुभयो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|