china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ सहयोगबाट निर्मित नेपालको निजामति अस्पतालको औपचारिक रुपमा उद्घाटन भएको छ
    (GMT+08:00) 2009-06-02 18:27:42    

             दुई महिना अगाडिदेखि सेवा सञ्चालन गर्दै आएको निजामति सेवा अस्पतालको उद्घाटन भएको छ । चिनियाँ सहयोगबाट बनेको सो अस्पतालको गत शनिबार बिहान प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नु भएको हो।

                 अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले नेपालको विकासमा चिनियाँ सहयोगको खुलेर प्रशंसा गर्नुभयो । प्रधानमन्त्री नेपालले भन्नुभयो "अब यो अस्पतालमा उपचार गर्न आउने हरेक नेपाली निजामति कर्मचारीहरुले चिनियाँ सहयोगको अनुभूति गर्नेछन् ।" उहाँले नेपाल सरकारले सदैव एक चीनको नीति लिएको बताउँदै युगौँदेखि नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको उल्लेख गर्नुभयो।

                 उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले चीनले सधैँ नेपाल र नेपालीको हितमा काम गर्ने बताउनभुयो । उहाँले अस्पतालको निर्माण गरेर चिनियाँ सरकारले नेपाललाई हस्तान्तरण गरिसकेको बताउँदै नेपालीको असल स्वास्थ्यको कामना गर्नुभयो।

                 एक सय 32 शैयाको अस्पताल गतवर्ष निर्माण कार्य सम्पन्न भएको थियो । नेपालभर कार्यरत 80 हजार निजामति सेवामा कर्मचारी र आश्रित परिवारले सहुलियत दरमा यस अस्पतालबाट उपचार प्राप्त गर्नेछन् । अस्पताल निर्माण गर्नका लागि सामान्य प्रशासन मन्त्रालय र चीन सरकारबीच तीनवर्ष अगाडि सम्झौता भएको थियो । काठमाडौँको मीनभवनमा 60 रोपनी जग्गाको क्षेत्रफलमा रहेको यो अस्पताल निर्माण सम्पन्न भई सन् गत वर्षको अक्टोबर 27 मा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । अस्पतालको निर्माण गर्नका लागि चीन सरकारले नेपाल सरकारलाई 65 करोड 17 लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040