china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्य देशका पर्यटकको तुलनामा नेपाल घुम्ने चिनियाँ पर्यटकहरुको संख्या बढिरहेको छ
    (GMT+08:00) 2009-06-04 19:25:59    

            गत मे महिनामा नेपाल भित्रिने पर्यटकहरुको संख्यालाई गत वर्षको मे महिनासँग तुलना गर्दा सरदर 5 प्रतिशतले घटेको पाइन्छ । सबै देशबाट नेपाल घुम्ने पर्यटकहरु घटिरहेको अवस्थामा चिनियाँ पर्यटकहरु भने उल्लेख्य रुपमा बढेका छन् ।

                 नेपाल पर्यटन बोर्डले सि.आर.आई.लाई उपलब्ध गराएको तथ्या अनुसार गत मे महिनामा 7 सय 72 जना चिनियाँ पर्यटकहरु नेपाल घुम्न आएका छन् । गत वर्षको मे महिनामा नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या 5 सय 67 मात्र थियो । यो तथ्यालाई तुलनागर्दा गत वर्षभन्दा यो वर्षको मे महिनामा नेपाल घुम्ने चिनियाँ पर्यटकको संख्यामा 36 प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

                 गत वर्ष 2008 को सुरुको पाँच महिनामा नेपाल भित्रिने चिनियाँ पर्यटकभन्दा चालु वर्षको सोही अवधिमा झण्डै तीन प्रतिशत बढी चिनियाँ पर्यटकहरु नेपाल घुम्न आएका छन् । गत वर्षको जनवरीदेखि मे महिनासम्ममा 6 हजार 4 सय तीनजना चिनियाँ पर्यटकहरु नेपाल घुम्न आएका थिए भने चालु वर्षको सोही अवधिमा 6 हजार 5 सय 83 जना चिनियाँ पर्यटकहरु नेपाल घुम्न आएका छन् ।

                  नेपाल घुम्न चाहने चिनियाँ पर्यटकहरु नियमित रुपमा बढिरहेकाले ग्वाङचाउ काठमाडौँ उडान गर्दै आएको चाइना साउथन एयरलाइन्सले यही महिनाको 29 तारिखदेखि उडान थप गर्ने भएको छ । एयरलाइन्सका महाप्रवन्धक भिमसेन्ट छेनले सि.आर.आई.लाई बताउनु भए अनुसार चालु वर्षमा नेपाल घुम्ने चिनियाँ पर्यटक बढेकै कारणले चाइना साउथनले आशा गरेभन्दा राम्रो व्यापार गर्न सफल भएको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040