china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल टेलिकमका 12 जना इन्जिनियरहरुले चीनमा प्राविधिक तालिम लिएर स्वदेश फर्किएका छन्
    (GMT+08:00) 2009-06-05 18:23:36    

            प्राविधिक सीप र क्षमता विकासका बारेमा नेपाल टेलिकमका एक दर्जन इन्जिनियरहरुले चीनमा दुई हप्ते विशेष तालिम लिएका छन् । गत मे 15 देखि 29 तारिखसम्म चीनको राजधानी पेइचिङ्गमा भएको तालिममा भाग लिएर इन्जिनियरहरु नेपाल फर्किएका छन्।

                नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले सि.आर.आई.लाई बताउनु भए अनुसार टेलिकमका इन्जिनियरहरुले नियमित रुपमा चीनमा गएर तालिम लिने गरेका छन् । पछिल्लो समयमा नेपाल टेलिकमले मोबाइल सेवा र सि.डि.एम.ए. सेवामा पनि चिनियाँ प्रविधि प्रयोग गर्न थालेपछि नेपाली प्राविधिकले चीनमा गएर नियमित तालिम लिनु परेको प्रवक्ता थिकेको भनाइ छ ।

               नेपाल टेलिकमका प्राविधिकहरुलाई नयाँ प्रविधिसँग घुलमिल गराउनका लागि वरिष्ठ दुईजना इन्जिनियरसँगै एक दर्जन इन्जिनियरहरुले चीनमा गएर तालिम लिएका हुन् । उनीहरुले चीनमा गएर नयाँ प्रविधिको जडान, मर्मत तथा अत्याधुनिक एयर कण्डिसनका बारेमा विशेष तालिम लिएका र अब टेलिकमका अन्य कर्मचारीहरुलाई उनीहरुले तालिम दिने प्रवक्ता थिके बताउनुहुन्छ ।

                नेपाल टेलिकमले अहिले प्रयोग गर्दै आएको प्रविधि चिनियाँ हो । यसले भरपर्दो काम गरेको भए पनि नेपालका विशेष समस्याले गर्दा उपभोक्ताबाट गुनासो आउने गरेको थिकेको धारणा छ । विद्युत आपूर्ति कटौति हुनु, टेलिफोनको तार चोरी हुनु, टावरमा चट्याङ पर्नु तथा सडक विस्तार कार्यले अवरोध सिर्जना गर्नाले उपभोक्ताबाट गुनासो आउने गरेको उहाँले बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040