हालै चाइना आइ.सि.ओ.कम्पनीले रिओ टिन्टो ग्रूपमा लगाएको उन्नाइस अर्ब पचास करोड अमेरिकी डलर लगानीलाई रिओ टिन्टो ग्रूपले एकपक्षीय रुपमा हटाए पछि त्यसले विभिन्न पक्षलाई आकर्षित गरेको छ। चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ व्यवसायीले समानहित, मैत्रीपूर्ण तथा विश्वासिलो सिद्धान्तको पालना गर्दै बैदेशिक व्यापार तथा लगानीको विकास गर्दै जाने कुरा बताउनुभयो।
चीन सरकारले चिनियाँ व्यवसायीहरुलाई बजार तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै बैदेशिक लगानी तथा सहयोग गर्न समर्थन दिँदै आएको कुरा प्रवक्ता छिन काङले व्यक्त गर्नुभयो। साथै उहाँले रिओ टिन्टो ग्रूपले एकपक्षीय रुपमा गरेको उक्त निर्णयले सम्बन्धित् चिनियाँ व्यवसायीलाई निराश पारेको साथै चिनियाँ सर्वसाधारणमाझ पनि ठूलो प्रतिक्रिया उत्पन्न भएको उल्लेख गर्नुभयो। यति हुदाहुदै पनि चिनियाँ व्यवसायीले समानहित, मैत्रीपूर्ण तथा विश्वासिलो सिद्धान्तको पालना गर्दै बैदेशिक व्यापार तथा लगानीको विकास गर्दै जाने कुरा प्रवक्ता छिनले स्पष्ट पार्नुभयो।
|