चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा बोल्दै चीनले गत नौ तारिखका दिन पाकिस्तानमा उत्पन्न भएको आतंककारी आक्रमणको कडा शब्दमा निन्दा गरेको कुरा बताउनुभयो।
उहाँले आजै आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभयो। उहाँका अनुसार, चीनले मृतकहरुलाई हार्दिक श्रद्धान्जलि अर्पण गर्नुका साथै मृतकका परिवारका सदस्य र घाइते व्यक्तिहरुलाई सान्त्वना व्यक्त गरेको छ।
पाकिस्तानको उत्तर-पश्चिमी सीमा प्रान्तको सदरमुकाम पेशावरमा गत नौ तारिखका दिन बम आक्रमण भएकाले त्यसमा परी दश जनाभन्दा बढीको ज्यान जानुकासाथै अन्य सत्तरीजना घाइते भएका छन्।
|