नेपालको भ्रमणमा आउनु भएका तिब्बती सामाजिक विज्ञान प्रतिष्ठानका उप निर्देशक सुन योङ्गले दुबै देशबीचमा सांस्कृतिक सम्बन्ध अत्यन्त पुरानो रहेको बताउनु भएको छ। सि.आर.आई.सँग कुरा गर्दै सुनले भन्नुभयो "चीनको स्वायत्त प्रदेश तिब्बत र नेपालबीचमा कायम रहेको सांस्कृतिक सम्बन्ध अत्यन्त पुरानो र मजबुत छ।"
अहिले नेपाली विद्बानहरु पनि तिब्बती शास्त्रको अध्ययन अनुसन्धान गर्न इच्छुक देखिएको बताउँदै चीनमा रहेका कयौँ सांस्कृतिक प्रचलनमध्ये तिब्बती संस्कृति सबैभन्दा धनी रहेको बताउनुभयो। तिब्बतको पर्यटन व्यवसायको प्रमुख आधार पनि तिब्बती संस्कृति नै रहेको बताउँदै उहाँले चीन सरकारले तिब्बती सभ्यताको संरक्षण र संवर्द्धन गर्नका लागि ठूलो लगानी गरको प्रष्ट पार्नुभयो।
तिब्बती संस्कृतिसँग नेपालको युगाँ पुरानो सम्बन्ध रहेको उहाँले बताउनुभयो। तिब्बतका ऐतिहासिक सम्राट स्रोङचङ्ग गम्पोसँग नेपाली राजकुमारी भृकुटीले बिबाह गरेर सांस्कृति सम्बन्ध अझै नजिक भएको इतिहासले पुष्टि गरेको पनि उहाँले बताउनुभयो।
नेपालको उत्तरी सीमा 14 सय किलोमिटरभन्दा बढी चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको बताउँदै हिमाल र नदीनालाले जोडेको नेपाल र चीनबीचमा साझा सभ्यता रहेको पनि प्रतिष्ठानका उपनिर्देशक सुनले बताउनुभयो। कतिपय उपचार पद्धत्ति, भाषाको उत्पत्ति, चाडपर्व पनि मिल्दोजुल्दो रहेको अध्ययन अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो।
नेपालको हिमाली क्षेत्रमा सबोबास गर्ने शेर्पा जातिको रहनसहन तिब्बती जातिसँग मिल्दोजुल्दो रहेको र हिमाली बाटो भएर भइरहेको युगौँ पुरानो व्यापार व्यवसायले पनि दुई देशका जनतामा न्यानोपन छरिदिएको उहाँले बताउनुभयो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|