नवगठित सरकारको परराष्ट्र मन्त्रीमा सुजाता कोइराला नियुक्त हुनु भएपछि विदेशीसमकक्षीबाट बधाई तथा शुभकामना आउने क्रम जारी छ । नेपालको घनिष्ट छिमेकीमित्रराष्ट्र चीनका विदेशमन्त्री याङ्ग छेचीले मन्त्री कोइरालालाई बधाई तथा शुभकामनापठाउनु भएको छ ।
चिनियाँ विदेशमन्त्रीको शुभकामना सन्देशमा नेपाल र चीनबीचमा कायम रहेको मैत्रीसम्बन्ध मन्त्री कोइरालाको कार्यकालमा पनि निरन्तर रहने आशा गरिएको छ । परराष्ट्रमन्त्रालयको चिनियाँ डेक्सका अधिकारीले सि.आर.आई.लाई बताए अनुसार चिनियाँविदेशमन्त्री याङ्गको सन्देश गत हप्ता प्राप्त भएको हो ।
सन्देशमा नेपाललाई प्राप्तहुँदै आएको चिनियाँ सहयोग जारी रहने कुरा उल्लेख छ । अर्को राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीति र पञ्चशीलकोसिद्धान्त अनुसार नेपालको भाग्य निर्धारण गर्न नेपाली जनताले लिने निर्णयलाई चीनर चिनियाँ जनताले स्वागत र स्वीकार गर्ने कुरा पनि सन्देशमा व्यक्त गरिएको परराष्ट्रमन्त्रालयले जनाएको छ । केही समय अगाडि नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले प्रधानमन्त्रीमाधवकुमार नेपाललाई भेटी नेपालको भूमिबाट हुने चीन बिरोधी गतिविधिका बारेमाचिन्ता प्रकट गर्नु भएको थियो ।
त्यसैगरी उहाँले परराष्ट्रमन्त्री कोइरालालाई पनिसोही आशय व्यक्त गर्दा नेपालले सदैव एक चीनको नीतिलाई समर्थन गर्ने र चीनबिरोधी गतिविधिलाई नियन्त्रण गरिने परराष्ट्रमन्त्री कोइरालाले बताउनु भएकोथियो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|