चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज कोरियाली प्रायःद्बिपको आणविक समस्या वार्ता र राजनैतिक तथा कुटनैतिक तरीकाले मात्र शान्तिपूर्ण रुपमा समाधान गरिने कुरा बताउनुभयो। यसका साथै उहाँले चीनले सम्बन्धित पक्षसँग संयुक्त प्रयास गरी कोरियाली प्रायःद्बिपको आणविक समस्यालाई छिटोभन्दा छिटो वार्ता, छलफल तथा शान्तिपूर्ण रुपमा समाधान गर्ने बाटोमा पुनःफर्कन घच्घच्याउने मनसाय लिएको कुरा बताउनुभयो।
श्री छिन काङले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
सो अवसरमा श्री छिन काङले सम्बन्धित पक्षले धैर्यता र संयम कायम राख्ने, वार्तामार्फत सम्बन्धित समस्याको समाधान गर्ने, कोरियाली प्रायःद्बिपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने प्रक्रियालाई निरन्तर सवल पार्ने तथा कोरियाली प्रायद्बिप तथा उत्तर-पूर्वी एशियाली शान्ति तथा स्थिरताको संयुक्त रुपमा संरक्षण गर्ने आशा चीनले लिएको कुरा बताउनुभयो।
|