चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज इरानको एकता तथा स्थिरताको संरक्षण गर्नसकिने आशा चीनले लिएको कुरा बताउनुभयो।
श्री छिन काङले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
आजै आयोजित पत्रकार सम्मेलनमा केही पत्रकारले इरानको निर्वाचन र त्यसपछि इरानमा उत्पन्न भएको हूलदंगाबारे चीनको धारणाबारेको जिज्ञासामा श्री छिन काङले चीनले इरानी जनताको छनौटलाई सम्मान गर्ने र इरानको एकता तथा स्थिरताको संरक्षण गरिने आशा चीनले लिएको कुरा बताउनुभयो।
|