गत 6 तारिखदेखि 10 तारिखसम्म चीनको पर्यटकीय सुन्दर सहर खुन्मिङ्गमा आयोजितदक्षिण एसियाली राष्ट्रहरुको औद्योगिक तथा व्यापारिक मेला सफलतापूर्वक सम्पन्नभएको छ । मेलामा भाग लिएर नेपाल फर्किएका व्यवसायीहरु यतिबेला निकै उत्साहीदेखिएका छन् । चिनियाँ दर्शकहरुले नेपाली उत्पादनलाई मन पराएका कारण नेपालकोसहभागीले दुई देशबीचको व्यापारमा विस्तार ल्याउने नेपाल चीन कार्यकारी परिषदकाअध्यक्ष अनुपरन्जन भट्टराईले सि.आर.आई.लाई बताउनुभयो । भट्टराईका अनुसारनेपाली हस्तकलाका सामानहरु चीनमा लोकपि्रय हुन थालेका छन् । मेलामा नेपालका विभिन्न उत्पादनहरु सजाइएका 18 वटा प्रदर्शनी कक्षहरु रहेका थिए ।
विशेष गरेर नेपालमा उत्पादित हस्तकलाका सामानहरु, पस्मिना, फर्निचर तथा काठकासामानहरुसँग नेपाली कागजबाट बनेका घरका सजावटका सामानहरु प्रदर्शनमा राखिएका थिए ।
प्रदर्शनमा राखिएका नेपाली सामग्रीले दर्शकलाई आकषित बनाएका थिए भने नेपालकोप्रचारप्रसार पनि भएको थियो । परिषदका अध्यक्ष भट्टराईका अनुसार यस प्रकारकाव्यापारिक मेलामा नेपालले नियमित रुपमा भाग लिएमा अन्तर्राष्टि्रय क्षेत्रमा व्यापारविस्तार गर्न सजिलो हुने निश्चित छ।
यस मेलामा चीनमा निर्यात गर्न सकिने सामानहरुलाई प्रदर्शनीमा राखेर दुईदेशबीचको व्यापार घाटा कम गर्न उद्देश्यलाई पनि सफल बनाइएको उहाँले दावीगर्नुभयो । सो मेलामा नेपालले दोस्रो पटक भाग लिएको थियो। सो मेलामा उद्योग मन्त्रालयकासचिव पुरुषोत्तम ओझाको नेतृत्वमा नेपालका 21 जना प्रतिनिधि रहेको टोलीलेभाग लिएको थियो । नेपाली टोलीमा 16 जना विभिन्न क्षेत्रका व्यवसायीहरु संलग्नरहेका थिए ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|