चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले चीनले कोरियाली प्रायद्बिपको आणविक अस्त्ररहित क्षेत्रको रुपमा बनाउन साकार तुल्याउन, कोरियाली प्रायद्बिप तथा उत्तर-पूर्वी एशिया क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्नका लागि पहिले झैं पछिपरन्तुसम्म पनि सक्दो प्रयास गर्ने मनसाय लिएको कुरा बताउनुभयो।
श्री छिन काङले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
सो अवसरमा श्री छिन काङले चीनले सम्बन्धित पक्षसँग सम्पर्क कायम राख्ने, संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्तका अनुसार शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तको आधारमा प्रजातान्त्रिक जन गणतन्त्र कोरियासँग असल छिमेकी मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको विकास गर्ने मनसाय लिएको कुरा बताउनुभयो।
|