चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारी खरिदसम्बन्धी दस्ताबेजमा विदेशी व्यवसाय तथा उत्पादित बस्तुमाथि हेला गर्ने समस्या विद्यमान नरहेको कुरा वताउनुभयो।
प्रवक्ता छिन काङका अनुसार, चीन सरकारले आपसी हित तथा संयुक्त विजय भन्ने खुला रणनीतिमाथि डटिरहनुका साथै विविध प्रकारको व्यापारिक तथा लगानी संरक्षणवादको दृढताका साथ विरोध गरेको छ। उक्त दस्ताबेज सार्वजनिक गर्नु उद्देश्य निष्पक्ष प्रतिस्पर्धात्मक वातावरणको संरक्षण गर्नु हो।
|