नेपाली सञ्चारजगत र सञ्चारकर्मीहरुसँग अन्तर्क्रिmया गर्नका लागि चिनियाँसञ्चारकर्मीहरुको एक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ। ग्वाङ्चोउकोक्वान्तोङ्ग दैनिक पत्रिकाका सम्पादकको नेतृत्व 14 जना चिनियाँ सञ्चारकर्मीहरु भोलिशुक्रबार बेलुकी काठमाडौँ आइपुग्दैछन्।
अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले सि.आर.आई.लाई दिनु भएको जानकारीअनुसार चिनियाँ प्रतिनिधिमण्डलले नेपालका विभिन्न क्षेत्रका सञ्चारकर्मीहरुसँग भेटेरअन्तर्क्रिया गर्नेछ। नेपाल सरकारका प्रतिनिधिहरुलाई पनि भेट गर्ने कार्यक्रम रहेकोडा. शाहले बताउनुभयो ।नेपाली सञ्चारजगतले अपनाउँदै आएको प्रविधि, बजार व्यवस्था, नेपाली सञ्चार माध्यमलेचीनलाई हेर्ने दृष्टिकोण आदि क्षेत्रमा पनि चिनियाँ प्रतिनिधिमण्डलले अध्ययन गर्नेछ। नेपालका निजी तथा व्यावसायिक सञ्चारगृह तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिहरुसँगभेट गरी अनुभव आदानप्रदान गर्ने कार्यक्रम तय भएको डा. शाहले बताउनुभयो।
आपसी भेटघाट, अन्तर्क्रिया र अन्तर्वार्ता बाहेक चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौँउपत्यकाका महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन पनि गर्नेछ ।काठमाडौँ बाहेक चिनियाँ प्रतिनिधिमण्डलले पोखरा र लुम्बिनीको पनि भ्रमण गर्नेकार्यक्रम रहेको डा. शाहले बताउनुभयो । नेपाल भ्रमण पूरा गरेर चिनियाँ सञ्चारकर्मीहरुको प्रतिनिधिमण्डल आगामी 22 तारिखचीन फर्कनेछ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|