
तिब्बत स्वायत्त प्रदेशको शान नान क्षेत्रलाई तिब्बती जातीय संस्कृतिको कोक्रो र उद्गम थलोबाटको नामबाट सम्मान गरिएको छ। त्यहाँ सुन्दर प्राकृतिक दृश्यावली र गहन साँस्कृतिक आधार छ। आजको चीनको तिब्बतमा म तपाईंलाई यस ठाउँमा पैदा भएको तिब्बतको परम्परागत ओपेरा टाशी शोबा ओपेराको बारेमा जानकारी दिन लागिरहेकी छु।
अहिले तपाईंले सुनिरहनुभएको टाशी शोबा तिब्बती ओपेराको आवाज हो। शान नान जिल्लामा टाशी चोर्टेन नामक सानो गाउँ छ। त्यहाँ टाशी शोबा भन्ने तिब्बती ओपेरा निकै प्रचलित छ। टाशी शोबा चाहिं तिब्बती ओपेरामध्ये निकै प्रभाव परेको पहेंलो मुखुन्डो लगाएर अभिनय गरिएको ओपेरा हो। अहिले त्यसलाई चीनको गैरभौतिक सांस्कृतिक सम्पदा अवशेष सूचीमा समेत् उल्लेख गरिएको छ।
प्रचलित भनाइअनुसार तिब्बती बौद्ध धर्मका यात्रा गर्न रुचाउने एकजना प्रख्यात महाभिक्षु थाँगतोंग गिबो हुनुहुन्थ्यो। एकदिन उहाँ शान नान क्षेत्रको एउटा गाउँ पुग्नुभयो र यो एक लच्छिनको स्थल हो भन्ने ठहर गर्नुभयो। त्यसैले उहाँले त्यस ठाउँलाई टाशी चोर्टैन गाउँ भन्ने नाउँ राख्नुभयो। उहाँले वरिपरिका ठाउँहरुमा अभिनय गर्न जान सजिलो होस् भनेर एउटा पुल बनाउनुभयो। पछि यस्तो अभिनय टाशी शोबा तिब्बती ओपेरा भन्ने नाउँबाट प्रख्यात भयो। जुन तिब्बती ओपेराको उत्पति नै हो।

थाँगतोग गिबोलाई तिब्बती ओपेराको अग्रज र तिब्बतमा पुल बनाउने प्रथम व्यक्तिको रुपमा विभूषित गरिएको छ। भनाइअनुसार थाँगतोंग जेबोले तिब्बतको फराकिलो धर्तीमा रहेका मानिसहरुलाई आपस्तमा आदान-प्रदान गराउँने उद्देश्यले पुल बनाउने अठोट लिनुभयो। उहाँले जातीय नाचगान, बोल्दै गाउने तरीका र सर्कस आदि विभिन्न अभिनयबाट सिकेर मिलीजुली तवरबाट सिर्जना गरी विकास गरेको आधारमा बाख्राको छालाले बनाइएको मुखुन्डो भिरेर नाच्दै गाउँदै अभिनय गरिने कथात्मक ओपेराको सिर्जना गर्नुभयो। विभिन्न ठाउँमा गएर कार्यक्रम देखाइएबाट पुल बनाउने रकम पनि जुटाइयो।
ठीक यसै कारणले गर्दा टाशी गाउँका मानिसहरुले त्यस ओपेराको निरन्तरता दिलाउँदै आएका छन्। त्यस गाउँका बासिन्दा पेमा दोन्ड्रुप टाशी शोबा तिब्बती ओपेराका उत्तराधिकारी हुनुहुन्छ। अहिले सत्तासी वर्षको उमेरमा प्रवेश गरिसक्नु भए पनि उहाँले गाउँको तिब्बती ओपेरा मण्डलीमा दिनदिनै गएर युवा अभिनेता अभिनेतृहरुलाई सिकाउनुहुन्छ। उहाँले भन्नुभयो- मौलिक टाशी शोबा तिब्बती ओपेराको लयको आफ्नै विशेषता हुन्छ। त्यो गाउन निकै गाह्रो छ तर लय धेरै मीठो छ। लच्छिनको चिनो भएको कारण उहिले होस् वा अहिले टाशी शोबा ओपेरा त्यसको ठाउँ अरु तिब्बती ओपेराले लिन नसक्ने स्थितिमा छ। उहाँले भन्नुभयो-
"मैले नौ वर्षदेखि टाशी शोबा तिब्बती ओपेरा गाउन सिकेको थिएँ। तिनताका मेरा गुरुले तिब्बती ओपेराको सिद्धान्तसम्बन्धी धेरै कुरा सिकाउनुभएको थियो। तर मैले कुनै कुरा पनि याद गरेको थिइनँ। मैले खालि टाशी शोबा तिब्बती ओपेरा मण्डलीले सधैं तिब्बतका विभिन्न ठूला साना गुम्बाहरुमा र कूलिनहरुको घरमा अभिनय गर्न जाने कुरा मात्र सम्झेको थिएँ"।

क्रमशः
|