चीनका प्रधानमन्त्री वानच्या पाओले नेपालका प्रधानमन्त्री माधवकुमार नेपाललाई चीनभ्रमणाका लागि निमन्त्रणा पठाउनु भएको छ
(GMT+08:00)
2009-06-22 19:25:23
प्रधानमन्त्री नियुक्ति भएको एक महिना नबित्दै माधवकुमार नेपाललाई दोस्रो पटकविदेश भ्रमणको निमन्त्रणा प्राप्त भएको छ । नेपालको घनिष्ट छिमेकी मुलुक चीनकाप्रधानमन्त्री वानच्या पाओले प्रधानमन्त्री नेपाललाई चीन भ्रमणका लागि निमन्त्रणापठाउनु भएको हो । यसभन्दा पहिले प्रधानमन्त्रीमा नियुक्त हुनासाथ नेपाललाई अर्कोछिमेकीमित्रराष्ट्र भारतले भ्रमण्ाका लागि निमन्त्रणा गरेको थियो । नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले चिनियाँ प्रधानमन्त्री वानकोनिमन्त्रणा हिजो बिहिबार परराष्ट्र सचिवलाई हस्तान्तरणा गर्नु भएको छ । चिनियाँराजदूत छ्वु हिजो अपरान्ह निमन्त्रणा पत्र लिएर परराष्ट्र मन्त्रालय नारायणाहिटी जानुभएको थियो ।परराष्ट्र सचिव आचार्यले सि.आर.आई.लाई बताउनु भए अनुसार प्रधानमन्त्रीको चीनभ्रमणको मिति भने तय भएको छैन । परराष्ट्र सचिव आचार्यले भन्नुभयो "चिनियाँप्रधानमन्त्रीले उपयुक्त समयमा चीनको भ्रमण गर्नका लागि निमन्त्णा पठाउनु भएको छ,भ्रमणाका एजेन्डा र मिति भने प्रधानमन्त्री नेपालको कार्यतालिका हेरेर पछि निर्धारणगरिनेछ ।"परराष्ट्र मन्त्रालयले जनाए अनुसार प्रधानमन्त्री नेपालले पहिले भारतको भ्रमण गर्नुहुनेछ र त्यसपछि चीनको भ्रमण गर्नुहुनेछ । प्रधानमन्त्री नेपालले आगामी जुलाईमहिनामा चीनको भ्रमण गर्ने संभावना रहेको पनि मन्त्रालयले जनाएको छ । यस अगाडि गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीनभ्रमणाको निमन्त्रण प्राप्त भएपछि भ्रमण तालिका तय भएको थियो । तर तत्कालीनराजनीतिक परिस्थितिले गर्दा प्रधानमन्त्री दाहालको चीन भ्रमण अन्त्यमा रद्द भएको थियो।