china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको ग्वाङ्चोउमा आगामी वर्ष हुने सोर्हौँ एसियाली खेलकुदका लागिनेपालको पोखरामा रहेको फेवातालको पानी ल्याइएको छ
    (GMT+08:00) 2009-06-24 19:17:39    

                  सोर्हौँ एसियाली खेलकुदको प्रचारप्रसारका निम्ति नेपाल आएको 14 सदस्यीयचिनियाँ प्रतिनिधिमण्डल फेवातालको पानी लिएर चीन फर्किएको छ । एसिया महादेशकामुख्य नदी तथा तालबाट उठाइएको पानी चीन लगेर सोर्हौँ एसियाली खेलकुदउद्घाटनको दिन ग्वाङ्चोउ सहरबाट बग्ने छुचियाङ नदीमा मिसाउने कार्यक्रम अन्तर्गतनेपालबाट फेवातालको पानी लगिएको हो ।ग्वाङचोउको खेलकुद सञ्चार तथा प्रवर्द्धन विभागकी उपनिर्देशक चेङ्ग बेइयुकोनेतृत्वमा आएको प्रतिनिधिमण्डलमा 8 जना पत्रकारहरु संम्लग्न रहेका थिए । ग्वाङ्चोउटेलिभिजन, याङ्गछेन नेभरिङ्ग पोष्ट पत्रिका, नानफाङ्ग दैनिक पत्रिका, ग्वाङ्चोउदैनिक पत्रिका, क्वाङतोङ टेलिभिजन र रेडियो ग्वाङ्चोउका पत्रकारहरुले नेपालकोसुन्दर सहर पोखराको भ्रमण गरी फेवातालको पानी लिएर चीन फर्किएका हुन् । आगामी वर्ष सन् 2010 को नोभेम्बरमा चीनको ग्वाङ्चोउ सहरमा सोर्हौँएसियाली खेलकुदको आयोजना हुँदैछ । पानी मानव सभ्यताको विकासक्रमदेखि नैमहत्वपूर्णा रहेको र विभिन्ने देशको पानी संकलन गर्ने कार्यले मुलुकहरुबीचकोसांस्कृतिक सम्बन्धलाई समेत प्रगाढ बनाउने हुनाले फेवातालको पानी लगिएकोप्रतिनिधिमण्डलकी नेतृ बेइयुले सि.आर.आई.लाई बताउनुभयो । यसैगरी विभिन्न 15वटा टोलीले एसियाका 45 देशका मुख्य नदी र तालबाट पानी संकलन गरेर चीनमा ल्याउनेपनि उहाँले जानकारी दिनुभयो । नेपाल भ्रमणका क्रममा गत शनिबार चिनियाँ प्रतिनिधिमण्डलको स्वागतमा अरनिकोसमाजले एक अन्तक्रिया कार्यक्रम तथा दिवाभोजको आयोजना पनि गरेको थियो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040