china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हाम्रा नियमित श्रोता राजेन्द्र पहाडीबाट आएको पत्र तेस्रो भाग
    (GMT+08:00) 2009-06-25 17:38:36    

    आदरणीय नेपाली विभागका प्रमुख वर्षा ज्यू,

    तथा अन्य मित्रजनहरु,

    नमस्कार ।

              पत्रिकाको अन्तिम पृष्ठमा नेपाली विभागबाट प्रशारण हुने कार्यक्रमको समयसारिणीका अलावा अन्य केही सामग्री पनि समावेश गर्न सकिन्छ की । यो पृष्ठमा लगभग आधा पृष्ठ खाली रहेको देखिन्छ । पृष्ठ नं. 14 लाई पनि मिलाएर राख्ने हो भने अर्को कुनै स(सानो सामग्री राख्न सकिन्थ्यो की । आगामी अहरुमा ध्यानदिनु पर्ला भन्ने हार्दिक अनुरोध छ ।

               पत्रिकाको हरेक अमा श्रोताहरुले पठाएका कविता, मुक्तक, गजल जस्ता छोटा-छोटा सामग्रीलाई स्थान दिंदा राम्रो नै हुन्छ होला भन्ने लाग्छ ।

                पत्रिकाको हरेक पेजको तल्लो भागमा चर्चित चिनिया उखानटुक्का, महान व्यक्तिहरुका भनाई तथा उद्धरणहरु राख्न सक्ने हो भने पत्रिकालाई अझ धेरै उपयोगी बनाउन सकिन्छ । यसबाट हामी श्रोताहरु चीनमा प्रचलनमा रहेका महत्वपूर्ण भनाईहरुबाट केही सिक्न र जान्न अवसर पाउने थियौं । आगामी अबाट यसकुराको थालनी गरियोस् भन्ने विनम्रतापूर्वक आग्रह गर्दछु ।

                 ठाउँ पुगेसम्म छोटा चिनिया कथाहरु, जुन जीवनोपयोगी हुन्छन् तिनलाई पनि सकेसम्म पत्रिकामा समेट्न सके आम नेपाली श्रोताहरुले त्यसबाट लाभ लिन सक्ने थिए ।

                चिनिया भाषा सिकाउने भाग यसपटको अमा हराएको छ । छोटा र धेरैजसो चलनचल्तीमा आइरहने चिनिया शब्दहरुलाई थोरै स्थान दिएर भएपनि राख्नु जाती हुन्छ की ।

               छपाईको गुणस्तर निकै राम्रो छ । यो अङ्गमा समावेश भएका सामग्रीमा भाषिक त्रुटीहरु पनि ज्यादै कम रहेको पाइन्छ । निर्देशकज्यूको शुभकामना सन्देश र अन्तिम भित्री पृष्ठको श्रोताको पत्रमा केही छिटफुट त्रुटी, असुद्धि र केही शब्दहरु दोहोरिएको बाहेक अरु सामग्रीहरुको संयोजन उत्कृष्ठ देखिन्छ ।

                 जेहोस्, पहिलेको भन्दा मितेरी-पुलले आफूलाई झन् भन्दा झन् सिंगारेर दुलही जस्तै सुन्दरी र आकर्षक बनाएको छ । पत्रिकालाई यति धेरै राम्रो र चित्ताकर्षक बनाउन लागिपर्नुभएका निर्देशक तथा नेपाली विभागका प्रमुख वर्षाजी, सम्पादक केशरी मैयाजी र सह-सम्पादक ललिताजीलाई मुरीमुरी धन्यवाद दिनुनै पर्दछ । साथमा नेपाली विभागका सबै पदाधिकारीहरुलाई पनि हार्दिक धन्यवाद । श्रोता मित्रहरुलाई पनि साधुवाद टक्राउ"दछु, जसले विभिन्न सामग्री पठाएर पत्रिकालाई सहयोग गरिरहनु भएको छ । आगामी दिनमा पनि सबैको सद्भाव र सहयोगले मितेरी-पुल अझै फस्टाउँदै र झँङ्गिदै जानसकोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल-चीन मैत्री अमर रहोस् । धन्यवाद ।

    राजेन्द्र पहाडीरेडियो कार्यक्रम

    मोनिटर सीआरआई नेपाली विभाग

    मैत्रीचोक 4, कुश्मा, पर्वत नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040