china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हार्दिक शुभकामना!
    (GMT+08:00) 2009-06-25 19:10:39    

                    सी.आर.आई. नेपाली सेवा स्थापना भएको 34 वार्षिकोत्सवको उपलक्ष्यमा मधुमारा मोरङ विराटनगर सि.आर.आई. श्रोता मितेरी मञ्च जनसम्पर्क विभागका अध्यक्ष श्रीमति कला त्रिताल, भेडावारी सिन्धुपाल्चोक श्री सिन्धु सि.आर.आई श्रोता क्लवका अध्यक्ष दिपक नेपाल, सी.आर.आई स्वर्णीय मैत्री श्रोता क्लवका अध्यक्ष हुमबहादुर खड्काले हामीलाई हार्दिक शुभ कामना पठाउनुभएको छ।

                  यस शुभ कामनाको भनाइ अनुसार - आज जुन 25 तारिख । प्रत्येक वर्षको जुन 25 तारिख हामी नेपाली श्रोताका लागि हर्ष र खुशिको दिन हो । सर्वप्रथम सि.आर.आई नेपाली सेवा आफ्नो गौरवमय स्थापनाको वर्ष पुरा गरि 34 वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्मा हामी सि.आर.आईका महामहिम निर्देशकज्यू, सि. आर.आई. नेपाली सेवाका नि‌र्देशकज्यू, सि.आर.आई नेपाली सेवामा कार्यरत सम्पूर्ण आदरणीय मित्र एवम सम्पूर्ण चिनियाँ जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै सि.आर.आई नेपाली सेवा आफ्ना उत्साही पाइलाहरु अगाडी बढाउदै श्रोताका माझ भविष्यमा अझ गुणस्तर युक्त कार्यक्रमहरु ल्याउन सफल होस् भन्ने कामना गर्दछौं । नेपाली सेवाले आफ्नो स्थापनाको प्रारम्भीक दिन देखि आज सम्म नेपाली श्रोताका लागि गुणस्तरीय कार्यक्रमहरु प्रशारण गरिरहेको छ । नेपाल र चिनियाँ जनताको जनस्तर सम्मको सम्बन्ध विस्तारका लागि नेपाली सेवाले सदा सर्वदा मितेरी मैत्री पुलको रुपमा आफूलाई उभ्याएको छ । यस सेवाले नियमित रुपमा प्रकाशित गर्ने मितेरी पुल पत्रिका र सि.आर.आई.को वेभसाइट आकर्षक अनि ज्ञानोपयोगी छन् । त्यसैगरी काठमाण्डौं स्थित मैत्री एफ.एम. बाट प्रत्येक दिन रिले गरी प्रशारण गरिने नेपाली सेवाको कार्यक्रमले काठमाण्डौंमा रहेका लाखौं श्रोताका लागि उपयोगी भूमिका निर्वाह गरेको छ । अन्त्यमा नेपाली सेवालाई यो स्थानसम्म ल्याउन आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने आदरणीय दिदी, दाजुहरुको उत्तरोत्तर प्रगती र सुस्वास्थ्यको कामना गर्दै वहाँहरुले देखाउनु भएको नेपाल र चीन विचको सु सम्बन्धको बाटोलाई सि.आर.आई. नेपाली सेवाका दोस्रो र तेश्रो पुस्ताका मित्रहरुले पछ्याउने अपेक्षा गर्दै हामी नेपाली विभाग र सम्पुर्ण चिनियाँ जनताको उत्तरोत्तर प्रगतीको कामना गर्दै सि.आर.आई. छिट्टै नै विश्वको पहिलो ठूलो अन्तराष्टि्रय रेडियोको रुपमा स्थापित हुन सकोस् भन्ने शुभ कामना व्यत्तक्र गर्दछौं । नेपाल–चीन सुमधुर सम्बन्ध अमर रहोस् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040