china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चेतनाथ आचार्यबारे जानकारी
    (GMT+08:00) 2009-06-26 20:44:48    

                   सन् 1952 अक्टोबर 24 तारिका दिन नेपालको पूर्वी जिल्ला इलामको सुन्दर ठाउँ नयाँबजारमा जन्मनुभएका चेतनाथ आचार्य सन् 1985 रेडियो पैचिंग (हालको सि.आर.आई) को नियमित श्रोताका रुपमा कार्यक्रम सुन्न र पत्राचार गर्न सुरु गर्नुभएको हो । इलामबाट आफ्नो माध्यमिक तहको अध्ययन सिध्याएर उच्च शिक्षाको अध्ययन गर्ने क्रममा सन् 1991 मा उहाँ नेपालको राजधानी काठमाडौँ आउनुभयो । आफ्नो क्याम्पस तहको अध्ययनसँगै उहाँले सि.आर.आई. नेपाली सेवाका कार्यक्रम सुन्ने र पत्राचार गर्ने कामलाई निरन्तरता दिनुभयो । उहाँ सन् 1996 मा स्थापित सि.आर.आई. श्रोता क्लबहरुको राष्टि्रय परिषद नेपालको संस्थापक केन्द्रीय सदस्य हुनुभयो । त्यसपछि सचिव हुँदै केन्द्रीय अध्यक्ष भइसक्नु भएका आचार्य हाल राष्टि्रय परिषादका सल्लाहकार हुनुहुन्छ । उहाँ नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका संस्थापक सचिव तथा वर्तमान महासचिव पनि हुनुहुन्छ । उहाँले थुप्रैचोटी चीनको भ्रमणा गरिसक्नु भएको छ ।पत्रकारिता विषयमा स्नात्तकोत्तर गर्नु भएका चेतनाथ आचार्य विगत एक दशकदेखि पत्रकारिता पेशमा सक्रिय हुनुहुन्छ । उहाँ काठमाडौँका विभिन्न क्याम्पसहरुमा पत्रकारिता विषायको प्राध्यापन कार्यमा पनि संलग्न हुनुहुन्छ । उहाँ सन् 2006 को सेप्टेम्बर 1 तारिखदेखि सि.आर.आई. नेपाली सेवाको संवाददातामा नियुक्ति हुनु भएको हो ।

    उहाँ हाल काठमाडौँको गौशालामा बस्नुहुन्छ । उहाँको सम्पर्क ठेगाना यस प्रकार रहेको छ ।

    चेतनाथ आचार्य

    पो.ब.नं. 21261, काठमाडौँ, नेपाल

    फोन नं. 00977-1-4466702

    मोबाइल नं. 00977-9841305425

    इमेल : chetnath@enet.com.np

    वेभसाइट : www.chetnath.com.np

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040