china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मान बहादुर खत्रीबाट पठाइएको शुभकामना
    (GMT+08:00) 2009-07-01 09:15:50    

                      नेपाली श्रोतालाई चीनको विषेश पुरस्कार । महाशय, विश्वभरका श्रोताहरुको कर्णपि्रय रेडियो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सन् 1975 को जुन 25 तारीखदेखि नेपाली भाषामा कार्यक्रम प्रसारण गर्न शुरु गरेको थियो । यस सेवाको स्थापनाकालदेखि हालसम्म रेडियेका उच्च पदस्थ कर्मचारी लगायत अन्य कर्मचारीहरुको नेपाल भ्रमणा तथा नेपाली श्रोताहरुलाई विशेष पुरस्कार माफत चीन तथा चीनका विभिन्न प्राकृतिक श्रोत साधनहरुको प्रत्यक्ष अवलोकन गराउने क्रम निकै बढेर गएको छ । विगतका केहि वर्षहरुदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले वर्षभरी नै विभिन्न प्रकारका ज्ञान विज्ञान प्रतियोगिताहरुको आयोजना गर्दै र श्रोताहरुलाई विभिन्न प्रकारका पुरस्कारहरुले विभुषित गर्दै आइरहेको छ । हालै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा लगायत अन्य सेवाले अपि्रल 20, 2009 देखि मई 1, 2009 सम्म आयोजना गरेको सुन्दर तिव्वत ज्ञान विज्ञान प्रतियोगितामा विषेश पुरस्कार पाउन सफल श्रोताहरुले जुन 30 तारीखदेखि जुलाई 7 तारीखसम्म चीनको सुन्दर प्रान्त तथा स्वसाशित क्षेत्र तिव्वतको भ्रमण गर्ने सौभाग्य प्राप्त गरेका छन् । सि.आर.आई.को वेभसाइटमा आधारित श्रोताको रुचि भएको पर्यटन विषय माफत तिव्वतको प्राकृतिक दृश्य र जातीय संस्कृतिमा आधारित यस प्रतियोगितामा नेपाल लगायत विश्वभरका श्रोताहरुको सक्रिय सहभागिता रहेको थियो । यस प्रतियोगितामा सत्रिmय सहभागी भई विषेश पुरस्कार प्राप्त गर्ने सौभाग्यशाली श्रोताहरुमा लिलामणि पौडेल ( नेपाल, एस.सेल्भाम ( भारत, लिण्डा रुथ रोशेन ( बेलायत, एक्साभियर जाकुस ओलरी ( फ्राान्स, स्टेफान अदोल्फ हेइनरिच माइर ( जर्मनी, कास्टि्रलोन जिल जोन फेडि ( कोलम्विया र स्टानिस्ली भित्कोर ( चेक गणतन्त्र रहनु भएको छ । यी विषोश पुरस्कार प्राप्त गर्न सफल सत्रिmय श्रोताहरुलाई मेरो हार्दिक बधाई तथा यस्तो सूनौलो अवसर प्रदान गर्ने विश्व विख्यात रेडियो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र आयोजकलाई हार्दिक धन्यवाद । धन्यवाद ।

    भवदीय मान बहादुर खत्री

    सी.आर.आई रेडियो मोनिटर नेपालगञ्ज,

    बाँके नेपाल ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040