china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सि.आर.आई. द्बारा पुरस्कृत नेपालको मन्त्रीपरिषदको कार्यालयका सचिव लीलामणि पौडेल चीन भ्रमण सिध्याएर आज काडमाडौँ फर्कनुभयो
    (GMT+08:00) 2009-07-08 19:43:15    

                प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव लीलामणि पौडेल एकहप्ते चीन भ्रमण सिध्याएर आज काठमाडौँ फर्कनुभयो। उहाँ सि.आर.आई.द्बारा सञ्चालित सुन्दर तिब्बत पर्यटनसम्बन्धी ज्ञानविज्ञान प्रतियोगिताबाट पुरस्कृत भएर गत जुन 30 तारिखका दिन चीनको स्वायत्त प्रदेश तिब्बतको भ्रमणमा जानु भएको थियो ।

                उहाँसँगै अन्य विभिन्न देशका 6 जना श्रोताहरुले पनि सो प्रतियोगिताबाट पुरस्कृत भएर चीनको स्वायत्त प्रदेश तिब्बतको भ्रमण गर्ने अवसर पाएका थिए । सचिव पौडेलले सन् 2003 देखि सन् 2007 सम्म चीनको स्वायत्त प्रदेश तिब्बतका महावाणिज्यदूत भएर कुटनीतिक क्षेत्रमा समेत सेवा पुर्याइसक्नु भएको छ । चारवर्ष ल्हासामा बसिसक्नु भएका सचिव पौडेल आफूले ल्हासा छोडेको दुई वर्षमै ठूलो परिवर्तन भएको बताउनुहुन्छ । उहाँले सि.आर.आई.सँग कुरा गर्दै भन्नुभयो "चीनको स्वायत्त प्रदेश तिब्बतमा विज्ञान प्रविधि, कृषि, शिक्षा तथा आर्थिक विकासले जनतालाई अत्यन्त खुशी बनाएको मैले पाएँ ।"

                चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सि.आर.आई. र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत तिब्बत स्वायत्त प्रदेश शाखाको प्रचारप्रसार मन्त्रालयारा संयुक्त रुपमा आयोजित सुन्दर तिब्बत ज्ञानविज्ञानसम्बन्धी प्रतियोगिता गत अप्रिल 20 तारिखदेखि मे 31 तारिखसम्म सञ्चालन गरिएको थियो । प्रतियोगितामा तिब्बती संस्कृति, पर्यटन, चाडपर्व, रहनसहन, प्राकृतिक आदि विषयमा समग्र परिचय दिनसक्ने सामग्रीहरु प्रस्तुत गरिएको थियो । नेपाली भाषा बाहेक अंग्रेजी, फेन्च, चेक, हिन्दी, जर्मन र स्पेन भाषामा सञ्चालन गरिएको सो प्रतियोगितामा सि.आर.आई. रेडियोको अनलाइन सेवामाफत विश्वभरका लाखौँ श्रोताहरुले भाग लिएका थिए ।

               आफू सि.आर.आई.द्बारा पुरस्कृत भएर नेपाल र चीनबीचको मैत्री कार्यमा थप प्रोत्साहित भएको बताउँदै रेडियोले आयोजना गरेको प्रतियोगिता उत्कृष्ट र संसारभरका श्रोतालाई तिब्बतबारेमा सही जानकारी दिने रहेको उहाँले बताउनभुयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040