china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आठ मुलुक समूह तथा विकासोन्मुख मुलुकका नेतागणबीचको वार्ता इटलीमा आयोजना
    (GMT+08:00) 2009-07-10 21:06:34    

                 आठ मुलुक समूह तथा विकासोन्मुख मुलुकका नेतागणबीचको वार्ता हिजो इटलीमा आयोजना भएको छ। वार्तामा मुख्यतया अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना तथा विश्व अर्थतन्त्रको पुनःरुत्थान, मौसम परिवर्तन, उर्जा स्रोतको सुरक्षा, अन्नपातको सुरक्षा तथा अन्तर्राष्ट्रिय व्यापारलगायत वर्तमान अन्तर्राष्ट्रिय समाजमा ध्यानाकर्षण भएका विषयबारे छलफल गरिएको छ। चीनका राष्ट्राध्यक्ष हुन चिन थाऊका प्रतिनिधि एवम् राज्य परिषदका सदस्य ताइ पिङकोले उक्त वार्तामा भाग लिनुभई उल्लेखित विषयबारे चीनको अडान तथा सिद्धान्तबारे ब्याख्या गर्नुभयो। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले इटलीबाट पठाउनुभएको सम्बन्धित विस्तृत विवरणः

                 इटलीका प्रधानमन्त्री सिल्भिऔ बेर्लुस्कोनीले हिजोको वार्ताको अध्यक्षता गर्नुभई सम्बोधन गर्नुभयो। साथै उहाँले वार्तामा सहभागी नेताहरुसँग विषयसूचीबारे बैचारिक आदान-प्रदान गर्नुभयो। चीनका राष्ट्राध्यक्ष हु चिन थाउका प्रतिनिधि ताइ पिङकोले विश्व अर्थतन्त्रको पुनःरुत्थान तथा विश्व अर्थतन्त्रको संचालन तथा व्यवस्थापनको प्रवर्द्धनबारे चीनको अडान तथा विचारबारे जानकारी दिनुभयो। उहाँले अन्तर्राष्ट्रिय मौद्रिक सङ्क‌टको सामना गर्न अन्तर्राष्ट्रिय समाजले गर्नुपर्ने काम र कर्तव्यबारे जानकारी दिँदै चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्युले भन्नुभयोः

               "सर्वप्रथम विश्व अर्थतन्त्रको पुनरुत्थानलाई सक्रियताकासाथ अघि बढाउनुपर्छ। दोस्रो कुरा अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीको सुधारलाई सक्रियताका साथ अघि बढाउनुपर्छ। तेस्रो, विभिन्न मुलुकको संयुक्त विकासलाई अगाडि बढाउनु र चौथो विश्वव्यापी चुनौतिको सामना गर्न सहयोगलाई सबल पार्नुपर्छ।"

                 विश्व अर्थतन्त्रको पुनरुत्थानबारे श्री ताइले यसरी औंल्याउनुभयोः विभिन्न मुलुक विशेष गरी विश्वका मुख्य ठूला आर्थिक मुलुकको समष्टिगत अर्थतन्त्रसम्बन्धी नीतिले अरु मुलुकमाथि प्रभाव पार्नेछ। यसै कारणले विभिन्न मुलुकले आर्थिक पुनरुत्थानसम्बन्धी नीतिको तर्जुमा गर्दाखेरी आफ्नो देशको हित मात्र नभई अरु देशको हितको पनि विचार गर्नुपर्छ।

                 अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीको सुधारबारे चर्चा गर्दै श्री ताइले भन्नुभयोः अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकीङ्ग व्यवस्थापन बनौटको सुधारलाई छिटो पारी विकासोन्मुख मुलुकको सम्बोधन अधिकार तथा प्रतिनिधित्वलाई उकास्नुपर्छ। अन्तर्राष्ट्रिय मौद्रिक क्षेत्रको मापदण्ड तर्जुमा संस्थाले विकासोन्मुख मुलुकलाई समान रुपमा सदस्य बनाउन तथा निर्णयमा भाग लिन प्रोत्साहित गर्नुपर्छ। अन्तर्राष्ट्रिय मुद्रा प्रणालीलाई सुधार गरी मुद्राको स‌चय तथा वितरण मिलाउने प्रणालीलाई पूर्णता दिएर मुख्य संचित मुद्राको विनिमय दरलाई स्थिर पार्नुपर्छ।

                 विभिन्न मुलुकको संयुक्त विकासबारे चर्चा गर्दै श्री ताइले औंल्याउनुभयोः अन्तर्राष्ट्रिय मौद्रिक संस्थाले थपिने नयाँ स्रोतलाई विकासोन्मुख मुलुक कठिन अवस्थाबाट निकाल्ने क्षेत्रमा प्रयोग गरी विकासोन्मुख मुलुकलाई ऋणको समर्थन दिनुपर्छ। विकसित मुलुकले विकास उद्धारको वचनलाई साकार तुल्याई राजनैतिक शर्तबिना उद्धार प्रदान गर्नुपर्छ भने विकासोन्मुख मुलुकले आफ्नो देशको विकास क्रममा प्रथमतः जिम्मा लिई विकासमार्फत गरिबी निवारण गर्नुलाई मुख्य कार्यभारका रुपमा लिनुपर्छ।

                अन्तमा श्री ताइले विभिन्न पक्षले इटलीमा भेला भइ एउटा स्पष्ट तथा साझा संकेत दिनुपर्छ कि हामीले सहयोग गर्नुपर्छ र हामी सहयोग गर्न सक्छौं।

                चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्युले वार्तमा सहभागी विकसित मुलुकका नेताहरु बीच सम्पन्न मतैक्यबारे जानकारी दिँदै भन्नुभयोः

                मुख्य धारणा यस प्रकार छनः वर्तमान अन्तर्राष्ट्रिय मौद्रिक बजार स्थिर हुँदै गएको र विश्वको आर्थिक संकटको सकारात्मक पक्ष देखा परेकोले विश्वको अर्थतन्त्रको चौतर्फी पुनरुत्थान गर्न प्रयास गर्नुपर्छ। मौद्रिक संकट पुनः उत्पन्न हुन नदिन सिर्जनामार्फत दिगो विकासलाई साकार तुल्याउनुपर्छ। विशेष गरी व्यापार संरक्षणबादको विरोध गर्दै दोहा चरणको वार्तालाई चाँडै पूरा गराउनुपर्छ। मौसम परिवर्तन सम्बन्धमा अन्तर्राष्ट्रिय समाजको साझा हित भएको र ठूला विकासोन्मुख मुलुकको सहभागीता नभइ यस समस्याको समाधान हुँदैन भन्ने धारणा पनि उहाँहरुले व्यक्त गर्नुभएको छ।

                 यस पटकको आठ मुलुक समूह वार्ताको मूल्याङ्कन गर्दै श्री माले भन्नुभयोः

                "यो वार्ता शुरु भएको दिनदेखि आठ मुलुक समूह तथा विकसित मुलुकसँगसँगै समानताका आधारमा वार्ता गर्ने आशा तथा धारणा विकासोन्मुख मुलुकले लिँदै आएका छन्। समानताका लागि यस पटकको वार्ताको संयोजकले धेरै प्रयास गरेको हामीले देखेका छौं। हालसम्म चल्दै आएको वार्ता सुचारु भएको छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040