china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ अन्तर्राष्टि्रय रेडियोको एक प्रतिनिधिमण्डलले आगामी जुलाई 30 तारिखदेखि नेपालको भ्रमण गर्ने भएको छ
    (GMT+08:00) 2009-07-14 19:51:03    
            सि.आर.आई. श्रोता क्लबहरुको राष्टि्रय परिषद नेपालको निमन्त्रणामा चिनियाँ अन्तर्राष्टि्रय रेडियो सि.आर.आई.को एक प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्ने भएको छ । आगामी जुलाई 30 तारिखदेखि अगष्ट 3 तारिखसम्म चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणको अवसर पारेर नेपालमा दुईवटा कार्यक्रमहरु आयोजना हुने भएका छन् ।

            नेपाल भ्रमणमा आउने चिनियाँ प्रतिनिधिमण्डलमा सि.आर.आई. नेपाली विभागका उपप्रमुख, सि.आर.आई. सिंहाली विभागका प्रमुख र सि.आर.आई. विदेश विभागका सचिव सहभागी हुनुहुने सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका प्रमुख सल्लाहकार प्रकाशबाबु पौडेलले बताउनुभयो ।

             मुलत: सुनसरी जिल्लाको इटहरीमा स्थापित कन्फ्युसियस् इन्स्टिच्युटको उद्घाटन कार्यक्रममा सहभागी हुन आउने चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौँमा आयोजना हुने एक अन्तर्क्रिया कार्यक्रममा पनि भाग लिनेछ । नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसन र सि.आर.आई. श्रोता क्लबहरुको राष्टि्रय परिषद नेपालले संयुक्त रुपमा काठमाडौँमा नेपाल चीन सम्बन्धका 54 वर्ष र सि.आर.आई.को भूमिका विषयमा एक अन्तर्क्रिया कार्यक्रममा आयोजना गर्ने भएका छन् ।

              त्यसैगरी नेपाल चीन जनमैत्री परिषदले सि.आर.आई. सँग मिलेर स्थापना गरेको कन्फ्युसियस् इन्स्टिच्युटको उद्घाटन समारोहमा चिनियाँ प्रतिनिधिमण्डल अगष्ट २ तारिख सहभागी हुनेछ ।

              थाइल्याण्डको बैंककबाट काठमाडौँ आउने चिनियाँ प्रतिनिधिमण्डल अगष्ट 3 तारिखका दिन सोही बाटो भएर चीन फर्कनेछन् ।

              चेतनाथ आचार्य

             सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040