 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज बोल्दै सम्बन्धित मुलुकले उरुमुछिको जुलाई पाँच तारिख भएको भयानक आपराधिक घटनाको वास्तविकताबारे बुझ्नसक्ने, देशको एकिकरण र भूखण्डको अक्षुण्णताको संरक्षण, र जातीय एकता र सामाजिक स्थिरताका लागि चीन सरकारले गरेको प्रयासबारे समझदारी र त्यसलाई समर्थन दिनसक्ने आशा चीनले गरेको बताउनुभयो।
उहाँले आजै आयोजित पत्रकार सम्मेलनमा उरुमुछिको जुलाई पाँच तारिख भएको भयानक आपराधिक घटना वास्तवमा विदेशमा रहेका "तीनवटा शक्ति"द्बारा मच्चाइएको भयानक हिंसात्मक आपराधिक काण्ड हो भन्ने कुरामा जोड दिनुभयो।
|