china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली विभागको कार्यक्रमहरुलाई उत्कृष्ठतामा पुर्याउने सम्बन्धमा तेस्रो भाग
    (GMT+08:00) 2009-07-16 10:25:20    

              नेपाली विभागका चिनिया कार्यक्रम संचालन तथा उद्घोषकहरुले नेपाली भाषामा थप निखार ल्याउँदै प्रष्ट र शुद्ध उद्घोषण क्षमता बृद्धि गर्नुपर्ने ।

              नेपाली विभागबाट श्रोताका लागि पठाइने पि्रन्टेड पत्रहरु भाषागत रुपमा शुद्ध र आकर्षक हुनुपर्ने ।

              कार्यक्रम प्रशारणको कूल समयावधीमा सकेसम्म धेरै नयाँ र प्रभावकारी कार्यक्रमहरु प्रशारण गर्न जोड दिनुपर्ने ।

              नेपाली संगीतको कार्यक्रमलाई सकेसम्म नेपालका सबै जाति र क्षेत्रको गीत संगीत समावेश हुन सक्ने गरी समावेशी बनाउनु पर्ने ।

              श्रोताको पत्रहरुको जवाफ जतिसक्दो चाँडो दिने व्यवस्था मिलाउनु पर्ने ।

               नेपालको राजनैतिक, सामाजिक, आर्थिक लगायतका विषयवस्तुमा आधारित समाचारलाई हरेक दिनको कार्यक्रममा समावेश गरिनु पर्ने तथा समाचार सन्दर्भमा पनि नेपाल सम्बन्धी सवालहरुलाई स्थान दिइनु पर्ने ।

                चीनका महिला र स्वास्थ्य कार्यक्रमबाट धेरै नेपाली आमा दिदीबहिनीहरुले फाइदा लिइरहेकाछन्, यसलाई अझ उपयोगी सामग्री सहित व्यवस्थित गरिनुका साथै नियमित बनाइनु पर्दछ ।

                 समसामयिक विषयमा श्रोताहरुको प्रत्यक्ष टिप्पणी प्रशारण गर्ने व्यवस्था गर्न सके झनै राम्रो हुन सक्दछ । यसका लागि नेपाली विभागले सबै श्रोताहरुलाई आमन्त्रण गर्न सक्दछ यसरी, ''तपाई नेपालका समसामयिक सवालहरुमा टिप्पणी गर्न चाहानुहुन्छ ? हामी तपाईलाई स्थान दिन्छौं ।

                नेपालमा रहेका समाचारका अम्मलीहरुलाई आकर्षित गर्न सक्ने समाचार तथा अन्य सामग्री संयोजन नेपाली विभागको प्राथमिक कार्यसूचि बन्नु उपयोगी हुन्छ । नेपाली विभागको उच्च गरिमा र साखलाई बृद्धि गर्नका लागि अन्य के के गर्न सकिएला भन्ने बारेमा आगामी दिनहरुमा पनि लेख्दै गर्ने प्रतिज्ञा सहित आजलाई यति मात्र लेख्छु । नेपाली विभागका सबैजनामा सुमधुर सम्झनाका साथै हार्दिक नमस्कार । नेपाल-चीनबीचको सदियौं पुरानो मैत्री सम्बन्ध अमर रहोस् ।

    धन्यवाद ।

    राजेन्द्र पहाडी अध्यक्ष रेडियो श्रोता क्लब परिवारमैत्रीचोक चार,

    कुश्मा, पर्वत

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040