अल चाइना युथ फेडेरेसनको निमन्त्रणामा प्रजातान्त्रिक राष्ट्रिय युवा संघका अध्यक्ष अजम्बर काङबाङ राईले चीनको भ्रमण गर्नु हुने भएको छ । यही जुलाई 18 तारिखदेखि एक साताका लागि उहाँले नेपालको छिमेकी मुलुक चीनको भ्रमण गर्नुहुने भएको हो ।
युवाहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि राई चीनो भ्रमणमा जान लाग्नु भको प्रजातान्त्रिक राष्ट्रिय युवा संघका सचिव हस्तबहादुर पण्डित क्षेत्रीले सि.आर.आई.लाई बताउनुभयो ।
अजम्बर काङबाङ राई वर्तमान सत्ताधारी प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उहाँ प्रभावशाली नेपाली युवा नेताका रुपमा परिचित हुनुहुन्छ ।
चीन भ्रमणका क्रममा उहाँले अन्तर्राष्ट्रिय युवा सम्मेलनमा भाग लिएर नेपाली युवाहरुको तफबाट कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । चीनका प्रमुख पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्ने तथा चिनियाँ नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको प्ररायुसंघका सचिव क्षेत्रीले बताउनुभयो ।
चीनमा जुलाई 19 तारिखदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय युवा सम्मेलन अल चाइना युथ फेडेरेसनको आयोजनामा सम्पन्न हुनेछ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|