china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    असंलग्न आन्दोलनको शिखर सम्मेलनव्दारा आफ्नै सुधार र विकासोन्मुख मुलुकहरुको हित-कल्याणमा ध्यान
    (GMT+08:00) 2009-07-16 19:48:45    

            पन्ध्रौं असंलग्न आन्दोलनको दुई दिने शिखर सम्मेलन हिजो पन्ध्र तारिखका दिन इजिप्टको लाल समुद्री किनारमा पर्ने शाम एल्शेइख नगरमा शुरु भएको छ। विश्लेषकले औंल्याए अनुसार असंलग्न आन्दोलनले के कसरी आफ्नो जीवान्त शक्तिलाई फुकाउने, के कसरी व्यापक विकासोन्मुख मुलुकहरुको हितको संरक्षण गर्ने र के कसरी अन्तर्राष्ट्रिय ताप र कठिनाइयुक्त केन्द्रहरुको सामना गर्ने त यस शिखर सम्मेलनले ध्यान दिनेभएका दुई चार वटा महत्वपूर्ण समस्याहरु हुन्।

             असंलग्न आन्दोलन औपचारिक रुपमा सन् 1961मा स्थापित भएको हो। त्यसबेलाको पृष्टभूमि चाहिं सोभियत संघ र अमेरिका नाइके भएका पूर्वी र पश्चिमी दुई वटा सैनिक ग्रूपहरु बीचमा गम्भीर प्रतिस्पर्धा हुनुका साथै त्यसबाट व्यापक मझौला र ससाना मुलुकहरुमाथि प्रभाव पारिएको थियो। त्यसै कारणले असंलग्न आन्दोलन उत्पन्न भएको हो। तर सोभियत संघको विघटन र शित युद्ध खत्तम भएको हाराहारीमा सो असंलग्न आन्दोलनको अस्तित्व अझै पनि चाहिन्छ कि चाहिदैन भन्ने कुराप्रति शंका उत्पन्न भएको छ। एकाईसौं शताव्दीको शुरुदेखि विश्वका राजनैतिक र आर्थिक बनौटमा निकै ठूलो परिवर्तन भएकोले असंलग्न आन्दोलनका सदस्य मुलुकहरु पनि टुक्रिरहेका देखिन्छन्। यस्तै अवस्थामा असंलग्न आन्दोलन कतातिर जाने र के कसरी गर्ने त मानिसहरुले ध्यान दिने र खोजतलाशी गर्ने समस्या बनिसकेको छ।

             केही विश्लेषकको ठहरअनुसार सो असंलग्न आन्दोलन स्थापित भएको लगत्तै लागू गरिएका स्वतन्त्र, स्वाधीन र असंलग्न लक्ष्य र सिद्धान्त चाहिं अझै पनि वर्तमान अन्तर्राष्ट्रिय वातावरणका लागि अनुकूल हुन्छ। अब जरुरी गर्नु पर्ने कुरा चाहिं नयाँ परिस्थितिमा त्यसमाथि नयाँ सारगर्भित विषय, नयाँ जीवान्त शक्ति थापेर युगसितसंग संगै अघि लम्कनुका साथै संयुक्त रुपमा आ-आफूलाई बलियो पारी सहयोगी विकास गरेर पारस्परिक हित-कल्याण एवम सबैमा सफलता गराउनेतर्फ नयाँ बाटो उघारिदिनु हो।

             असंलग्न आन्दोलनका नव अध्यक्ष एवम इजिप्टका राष्ट्रपति महाम्माद सोस्नी मुबाराकले सोही दिन सम्बोधन गर्दै असंलग्न आन्दोलनले नयाँ परिस्थितिको परिवर्तनसित मेल खानुपर्छ भनेर बताउनुभएको छ। उहाँको भनाइ अनुसार सो आन्दोलनको चालीसौं-पचासौं दशकको तुलनामा विश्वमा निकै ठूलो परिवर्तन भयो। सो आन्दोलनका विभिन्न सदस्य मुलुकहरुले एकतालाई बलियो पारी संयुक्त रुपमा चुनौतीको सामना गर्नु पर्छ र विश्व शान्ति, सुरक्षा र स्थायीत्वतर्फ सो आन्दालनले ठूलो भूमिका खेल्न पर्छ।

              असंलग्न आन्दोलनका एक सय अठर सदस्य मुलुकहरुमध्ये धेरैजसो विकासोन्मुख मुलुकहरु छन्। विकास चाहिं असंलग्न आन्दोलनका सदस्य मुलुकहरुका सामु देखा पर्दै आएको दीर्घकालीन समस्या नै हो। अहिले समस्त विश्वमा मौद्रिक संकट देखा परेको र त्यसबाट आर्थिक ह्रास भएको पृष्ठभूमिमा के कसरी विकासोन्मुख मुलुकका हित-कल्याणको संरक्षण गर्ने र के कसरी दक्षिण र दक्षिण बीचको सहयोगलाई सबल पार्ने त सो शिखर सम्मेलनले ध्यान दिने समस्याहरु नै हुन्।

              त्यसैरी संयुक्त राष्ट्र संघका महा सचिव बान कि मुनले सोही दिन आफ्नो सम्बोधनमा बोल्दै विकसित मुलुकहरुले आफ्नो वचनवद्धताको पालना गरी विकासोन्मुख मुलुकहरुलाई सहायता प्रदान गरुन् भनेर उनीहरुलाई आव्हान गर्नुभएको छ।

             थाहा भएअनुसार यस पटकको शिखर सम्मेलनले प्यालेष्टाइन समस्या, जोडन समस्या, इरानी आणविक समस्या, होन्डोरस समस्याको परिस्थिति ,वर्तमान अन्तर्राष्ट्रिय ताप र कठिनाइयुक्त समस्याहरुबारे छलफल गर्ने कार्यक्रम पनि छ।

              विश्लेषकको औंल्याइअनुसार शान्ति र विकास यस युगको मुख्य विषय बनिसकेको आजै असंलग्न आन्दोलनले बेलैमा आफ्नो रणनीतिलाई व्यवस्थित पार्नुपर्छ, जसबाट नयाँ परिस्थितिको विकाससित मेल खान सकोस्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040