ललितपुरको पुलचोकबाट चीन बिरोधी गतिविधि गरिरहेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि भेला भएर गत 14 तारिख मंगलबार नेपालको अशल छिमेकी मित्रराष्ट्र चीनका बिरुद्धमा नारावाजी गर्न थालेपछि ती व्यक्तिहरु पक्राउ परेका हुन् ।
नेपालले एक चीनको नीतिलाई विनासर्त स्वीकार र समर्थन गरेको तथा वर्तमान सरकारले चीन विरोधी गतिविधिलाई कडा रुपमा नियन्त्रण गर्ने नीति लिएका सो क्षेत्रबाट 15 जना युवालाई पक्राउ गरिएको गृह मन्त्रालयका प्रवक्ता नवीन घिमिरेले सि.आर.आई.लाई बताउनुभयो । प्रवक्ता घिमिरेका अनुसार पक्राउ परेका सबै व्यक्तिहरु तिब्बती मूलका शरणार्थीहरु रहेका छन् ।
यसैगरी नेपालको भूमि चीन बिरोधी गतिविधिमा प्रयोग हुन नदिनका लागि नेपाल सरकारले चीनसँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहप्रवक्ता घिमिरेका अनुसार सिन्धुपाल्चोकको तातोपानी, मुस्ताङको लामोन्थाङ, हुम्लाको लिमी, दार्नुलाको टिंकर, संखुवासभाको किमाथांका जस्ता सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने गृहकार्य भइरहेको छ ।
ती क्षेत्रबाट चीनको स्वायत्त प्रदेश तिब्बत अवैध रुपमा प्रवेश गरेर तिब्बतको शान्ति सुव्यवस्थामा खलल पुर्याउने संभावना रहेको हुनाले सशस्त्र प्रहरी बलको चौकी राखेर सुरक्षा व्यवस्था मजबुत बनाउन लागिएको घिमिरेले स्पष्ट पार्नुभयो । त्यस क्षेत्रमा स्थापना हुने सशस्त्र प्रहरीबलले सुरक्षा व्यस्थता मिलाउनुको साथै ती नाकाबाट हुने अवैध व्यापारलाई पनि नियन्त्रण गर्नेछ ।
परम्परादेखि कायम रहेको नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई कायम राख्न तथा नेपालको भूमि कुनै पनि छिमेकी राष्ट्रका विरुद्ध प्रयोग हुन नदिनका लागि उपयुक्त नयाँ कार्यक्रम ल्याइएको प्रवक्ता घिमिरेले बताउनुभयो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|