china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालमा पनि परम्परागत चिनियाँ उपचार पद्धत्ति लोकपि्रय हुन थालेको छ।
    (GMT+08:00) 2009-07-21 15:57:52    

          परम्परागत चिनियाँ उपचार पद्धत्तिका बारेमा 11 देशका स्वास्थ्यकर्मीहरुको बैठक केही दिन अगाडि चीनको पैचिङ्गमा सम्पन्न भएको छ। सो बैठकमा 11 देशका 30 जनाभन्दा बढी स्वास्थ्यकर्मीहरुले भाग लिएका थिए। नेपालको तर्फबाट एकजना अक्युपन्चर विशेषज्ञ डा. हरिश्चन्द्र शाहले प्रतिनिधित्व गर्नु भएको थियो। डा. शाह चीनमा एम.वि.वि.एस. तथा एम.डि. सम्मको अध्ययन गरी हाल नेपालको स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्छ।

               बैठकमा भाग लिएर नेपाल फर्कनु भएका डा. हरिश्चन्द्र शाहले सि.आर.आई.सँग कुरा गर्दै विश्वमा परम्परागत उपचार पद्धत्ति सफल भइरहेको र नेपालमा लोकपि्रय हुन थालेको बताउनुभयो।

               परम्परागत चिनियाँ उपचार पद्धत्तिलाई नेपालका विभिन्न निजी अस्पतालहरुले प्रयोगमा ल्याउन थालेका छन्। एक महिना अगाडि चिनियाँ लगानीमा खुलेको पहिलो अस्पताल चाइना नेपाल बोडा अस्पतालले परम्परागत चिनियाँ उपचार पद्धत्तिलाई मुख्य विषय बनाएको छ। त्यसैगरी अन्य अस्पतालहरुमा एक्युपन्चर जस्ता परम्परागत चिनियाँ उपचार पद्धत्तिलाई प्राथमिकता दिइएको पाइन्छ।

               परम्परागत चिनियाँ उपचार पद्धत्तिमा आयुर्वेदिक औषधिको प्रयोग गरिन्छ जसको कुनै पनि नकारात्मक प्रभाव पर्दैन। यसले वातावरण सन्तुलनमा पनि सहयोग गर्ने तथा विश्वव्यापी रुपमा समस्याका रुपमा देखिएको तापमानको वृद्धिको असरलाई पनि कम गर्ने डा. शाहले बताउनुभयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040