china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भारत र अमेरिकाव्दारा राष्ट्रिय प्रतिरक्षात्मक वैज्ञानिक-प्राविधिक सहयोग सम्बन्धी तीन वटा संझौता सम्पन्न भएपछि हिल्लारी क्लिन्टनको भारत भ्रमण समाप्त
    (GMT+08:00) 2009-07-21 18:24:40    

               भारत र अमेरिकाले हिजो बीस तारिखका दिन भारतको राजधानी नयाँ दिल्लीमा प्रतिरक्षात्मक वैज्ञानिक-प्राविधिक सहयोग सम्बन्धी तीन वटा संझौतामा हस्ताक्षर गरेका छन् । यी दुई मुलुक बीच अझ बढी रुपमा राष्ट्रिय प्रतिरक्षा र विज्ञान-प्रविधि आदि क्षेत्रहरुको सहयोगलाई चलाउन साम्य बाटो उघारिदिएको छ। यो त भारतको भ्रमणमा रहनुभएकी अमेरिकी परराष्ट्र मन्त्री हिल्लारीले प्राप्त गर्नुभएको सबैभन्दा ठूलो उपलब्धी हो।

               श्रीमती हिल्लारीले सत्र तारिखका दिन भारत पुगी पाँच दिने भ्रमण गर्न थाल्नुभएको हो। अमेरिकी राष्ट्रपति ओबामा सत्तामा आउनुभएपछि अमेरिकाको सर्वोच्च कूटनैतिकज्ञले भारतको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। भूतपूर्व राष्ट्रपति डब्लु बुश सरकारको पछिल्लो कालताक निकै तापयुक्त भारत-अमेरिका बीचको सम्बन्धभन्दा भारतले श्री ओबामा सत्तामा आउनुभएको शुरुआतमा अमेरिकाले त्यसमाथि ठूलो नजर नपुर्‍याएकोले भारत निकै अशान्त भएको छ। त्यसै भएको हुनाले श्री हिल्लारीले भारतको भ्रमण गर्नुअघि भारतका अनेकौं सञ्चार माध्यहरुले श्रीमती हिल्लारीको भारतको भ्रमणलाई " शंका हटाइदिने भ्रमण " र " शान्त पार्ने भ्रमण" हो भनेर प्रचार-प्रसार गरेका थिए।

               आज एकाईस तारिखका दिन श्रीमती हिल्लारी र भारतीय विदेश मन्त्री एस एम कृष्णा बीच नयाँ दिल्लीमा वार्तालाप गरी उपर्युक्त तीन वटा संझौता सम्पन्न गर्नुभएपछि भारतको मन आधारभूत रुपमा शान्त भयो। उपर्युक्त सम्बन्धित् संझौता अनुसार अमेरिकाले भारतलाई हात-हतियार र आणविक प्रविधिहरु बिक्री गर्ने छ। तर ती हात-हतियारको प्रबन्ध र आणविक प्रविधिको अन्तीमको प्रयोग गर्नेतर्फ भारतलाई निगरानी गर्दछ, जसबाट ती हात-हतियार र प्रविधि अरु मुलुकहरुलाई प्रदान गर्नु वा सैनिक बिक्री सम्बन्धी संझौतामा नभनिएका अरु उद्देष्यहरुमा लगाउनुबाट बचाउन सकियोस्। त्यसरी उपर्युक्त संझौता सम्पन्न भएको कुराले अमेरिकाले भारतलाई हात-हतियारहरु बिक्री गर्नका लागि ऐन-कानूतका सबै प्रतिबन्धहरुलाई हटाइदिएको छ र अमेरिकी उद्योगी-व्यवसायीहरुले भारतलाई नाजुक सैनिक प्रबन्धहरु र प्रविधिहरु बिक्री गर्ने बाटोलाई साम्य पारिसकेका छन्। सोही दिन श्रीमती हिल्लारीले उक्त वार्तापाल पछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतले अमेरिकी उद्योग-व्यवसायका लागि आणविक रिएक्टरको निर्माण गर्न लायक दुई वटा स्थानहरुको छनौट गरिसकेको छ भन्ने कुरालाई लिएर उहाँलाई संकेत दिएको छ भनेर बताउनुभएको छ। यस कुराबाट भारत र अमेरिका बीचको आणविक सहयोग संझौता ठोस रुपमा व्यवहारमा उतार्ने चरण शुरु हुन लागेको छ स्पष्ट छ।

               त्यसका साथै अमेरिका सरकारले आतंककारीहरुको विरोध गर्न, भारत र पाकिस्तान बीचको सम्बन्धबारे अडानका विषयमा चाहिं भारत सरकारले श्रीमती हिल्लारीको भ्रमणबाट पाउन सक्ने दोस्रो जवाफी नतीजा प्राप्त गर्ने आशा लिएको छ। वास्तवमा भारतको भ्रमणमा श्रीमती हिल्लारीले सधैं नै नाना किसिमका अवसरहरुको प्रयोग गरी भारत र पाकिस्तान बीचको सम्बन्धको समन्वयता गर्नुहुँदै आएको थियो। तर भारत र पाकिस्तान बीचको सम्बन्धको समन्वता गर्ने क्षेत्रमा उहाँको क्षमता सीमित भएपनि त्यसले भारतको भ्रमण गर्ने उहाँको मुख्य कार्यभारमाथि प्रभाव पारेको छैन।

               हिजो बीस तारिख सांझ आयोजित संयुक्त पत्रकार सम्मेलनमा श्रीमती हिल्लारीले जोड दिएर अमेरिकाले भारतसितको घनिष्ट साझेदारी सम्बन्धको विकासमा संलग्न गराउंछ भनेर बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040